राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पाँचौ जिल्ला सम्मेलन वैशाखमा हुने

मेचीकाली संवाददाता

१५ फाल्गुन २०७९, सोमबार
221 shares

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा पार्टी अर्घाखाँचीको पाँचौ जिल्ला सम्मेलन वैशाखमा हुने भएको छ ।

राष्ट्रिय जनमोर्चाले सन्धिखर्क नगरपालिकामा पत्रकार सम्मेलन गर्दै २०८० वैशाख ८ र ९ गते ‘गणतन्त्र र राष्ट्रियताको रक्षा संघीयता खारेजीको हाम्रो आन्दोलन, वातावरणीय सन्तुलनसँगै समुन्रत अर्घाखाँचीको लागि पाँचौ जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सम्मेलन गर्न लागेको जनमोर्चा अर्घाखाँचीले जानकारी दिएको हो

साथै फागुन १८ गतेसम्ममा पालिका बैठक, फागुन मसान्तसम्म वार्ड बैठक, चैत्र १२ गतेसम्म सम्पुर्ण पालिका, वडा भेला र सम्मेलन सम्पन्न गर्ने जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिए ।