बालकको हत्या आरोपमा एक युवक पक्राउ

मेचीकाली संवाददाता

२ असार २०८०, शनिबार
149 shares
सांकेतिक तस्वीर

वालिङ । हँसिया प्रयोग गरी बालकको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका ६ सिउडीबारी बस्ने २१ वर्षीय सुजन सुवेदी रहेका छन् । उनलाई सोही वडाका ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका सुवेदीलाई पुतलीबजार नगरपालिका १ बाट पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिए ।