नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४, प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

मेचीकाली संवाददाता

१८ असार २०८०, सोमबार
289 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा असार १७ गते कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्लामा सन् २०२३ जनवरी १७ देखि जुनसम्म संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका १ सय ९० वटा घटना समेटिएको तथ्यांक जिल्ला प्रतिनिधि पार्वती आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनाहरूमा बलात्कार १४, बलात्कार प्रयास ४, यौनदुव्र्यहार ४, मानव बेचविखन तथा ओसार पसार एक, बहुबिवाह ४, सामूहिक बलात्कार एक, अपहरण शरीर बन्धक बनाई बलात्कार एक, हत्याका घटना तिन , लागू औषध ब्राउन सुगर घटनाका आरोपीतको प्रहरी हिरासतमा उपचारको क्रममा मृत्यू एक र घरेलु हिंसाका १ सय ५७ वटा घटना रहेको प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले इन्सेकले अभिलेख गरेका बिभिन्न घटनाका तथ्याङ्कले सरकार तथा अन्य सामाजिक न्यायका क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई मार्ग निर्देशन गर्न सहयोग पुग्ने बताउनु भयो । नेपाल सरकारले निशुल्क दिने सिटामोल र आईरन चक्कीको जिल्ला अस्पतालमा समस्या हुनु दुखको कुरा भएको बताउनु भयो । नेपाल सरकारका निती र पोलिसी राम्रो बने पनि नागरिकहरुले पाउनु पर्ने सेवा नपाउनु दुखको कुरा भएको बताउँदै मानव जिवन र अ‍ौषधी स्वास्थ्यसंग जोडिएको हुँदा व्यवस्थित गर्नु पर्ने बताउनु भयो । न्यायीक समितीहरुको जिल्लामा समस्या भएको हुँदा सक्रिय बनाउन लागिपर्ने र अपांगता भएका व्यक्तिहरुको सवालमा आवाज उठान गरी उनिहरुको अधिकार प्रति राज्य संवेदनसिल हुन जरुरी भएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत मानव अधिकारको अवस्थालाई तथ्यको आधारमा देखाउने एक दस्तावेज भएको बताउनु भयो । स्थानियतहमा रहेका न्यायीक समिती सक्रिय भए जिल्ला प्रशासन र प्रहरीमा बिभिन्न घटनाका उजुरीहरुमा कमी हुने भएको भन्दै यस बिषयमा इन्सेकले महत्वपूर्ण भूमिका खेल्न आवश्यक देखिएको बताउनु भयो । एकद्धार संकट व्यवस्थापन प्रणालीले नियमित बस्नुपर्ने बैठक नबसेको र हिसा प्रभावितले सहजरुपमा यअmअ को सेवा प्राप्त गर्न नसकेको व्यापक गुनासो आएको हुँदा यसलाई सुधार गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा इन्सेकले अभिलेख गरेका घटनाहरुले सबैलाई सचेत गराउने भएको बताउँदै प्रशासन मानव अधिकारको क्षेत्रमा संवेदनसिल भएको बताउनु भयो ।

जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनीले इन्सेकले अभिलेख गरिएका घटनाहरुको मात्र होईन अदालती प्रक्रियामा दर्ता भएका मुद्दाहरुको समेत खोज अनुसन्धान गर्नुपर्ने बताउनु भयो । अदालती प्रक्रियामा गएका मुद्दाहरु र पीडितहरुको अवस्था समेत बुझ्न आग्रह गर्दै नावालिका र महिलाहरुको घटनामा वास्तविक घटना र पीडितको समस्या बुझि पीडितलाई सहज हुने खाल्को वातावरण सृजना गरी कार्य गर्नुपर्नेमा जोडदिनु भयो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेतले थुनुवाहरूको मानव अधिकार प्रति प्रहरी जिम्मेवार रहेको बताउनु भयो । मानव अधिकारप्रति जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र मातहतका ईकाईहरु मानव अधिकारको क्षेत्रमा संवेदनसिल भएर काम गरिरहेको बताउनु भयो ।

यस्तै कपिलवस्तु अस्पतालका मेसु विपिन जयसवालले आफू मेसु ओसिएमसीलाई व्यवस्थित तरिकाले अगाडी बढाउन सम्बन्धित सरोकारवालाहरुको सहयोगको आवश्यकता रहेको बताउनु भयो । ओसिएमसीमा आउने पीडितहरुलाई उनिहरुको भविष्य हेरेर परामर्श सहित उपचार तथा सेव दिने प्रतिवद्धता जनाउनु भयो । मानव अधिकारको क्षेत्रमा काम गर्दै र बिभिन्न हिंसा पीडितहरुको समस्या समाधानका लागि पैरवी गर्दै आएको इन्सेकले आउँदा दिनहरुमा समेत अस्पताललाई सचेत गराउने छ भन्ने बिश्वास व्यक्त गर्नु भयो ।

कपिलवस्तु अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लाले अस्पतालले दिन सक्ने सेवाको मात्र संझौता गरेकोले संझौता अनुसारको स्वास्थ्य बिमाका बिमितहरुलाई सेवा दिंदै आएको बताउनु भयो । सिटामोट र आईरन चक्कीको बिषयमा स्थानियतहले नै व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

यसैगरी नागरिक समाज कपिलवस्तुका अध्यक्ष डोलख बहादुर पछाईले नेपाल मानव अधिकार वर्ष पुस्तकले कपिलवस्तुको ऐना देखाउने कार्य गरेको बताउनु भयो । मानव अधिकारका घटनाहरु नछुटुन र नदोहोरिउन भन्नका लागि इन्सेकले अभिलेख गरेका घटनाहरु वर्षको दुई पटक अर्ध वार्षिक र वार्षिक रुपमा वर्ष पुस्तक प्रकाशन हुनु पुर्व समिक्षा गरी महत्वपूण भूमिका खेलेको बताउँदै आफ्नो तहबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

स्वास्थ्य बिमा बोर्ड कपिलवस्तुका जिल्ला संयोजक बशिष्ठ तिवारीले जिल्लामा ९३ हजार ८० जनाले बिमा गरेको बताउनु भयो । स्वास्थ्य बीमा बोर्डले सुचिकृत सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई चालु आर्थिक वर्षको हाल सम्म सात पटक रकम भुक्तानी गरि सकेको वताउनु भयो । इन्सेकले आयोजना गरेको समिक्षा कार्यक्रममा सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्ण भएको हुँदा थप सुधारोन्मुख कार्य गर्दै जाने विषयमा विश्वस्त रहेको तिवारीको भनाई छ ।

इन्सेकसंग आवद्ध मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले नेपाल मानव अधिकार वर्ष पुस्तक कपिलवस्तुमा मात्र नभएर देशकै ऐना भएको कारण इन्सेकले अभिलेख गरिएका घटनाहरुमा सरोकावालाहरुले सत्यतथ्य घटनाका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

सुरक्षित आवास गृह कपिलवस्तुका प्रमुख बिमला घिमिरेले इन्सेकले प्रस्तुत गरेको तथ्यांक हेर्दा लैंगिंक हिैसामा परेका महिला तथा वालबालिकाको अवस्था एकदमै जोखिमपुर्ण रहेको बताउनु भयो । हिंसामा परेका महिलाको साथमा उनका बालबालिकाहरु समेत प्रभावित हुन पुगेको र न्यायको प्रकिया लामो तथा झन्झटिलो भएकाले धेरै घटनाहरु मेलमिलाप प्रकियामा जान बाध्य भएको प्रमुख घिमिरे बताउनु भयो । घरेलु हिंसाका घटनाहरु पुनः दोहरी रहेको र कतिले आत्महत्या सम्म गरेको देखिएकाले यस्तो बिषयमा सम्बन्धित निकायहरु संबेदनसिल भइ न्यायलाइ सहज ,छिटो र विश्वसनिय बनाउन महत्वपुर्ण भुमिका खेलिदिन अनुरोध गर्नु भयो ।

फातिमा फाउण्डेसनका अध्यक्ष रुकैया खातुनले मानव अधिकारको क्षेत्रमा कपिलवस्तु जिल्ला एकदमै पछाडि परेको बताउनु भयो । स्थानियतहले आफ्नो जिम्मेवारी पुरा गर्न सके र नगरिकहरुलाई सचेतीकरण गर्ने हो भने मानव अधिकार उल्लंघनका घटनाहरुमा कमी आउने बताउनु भयो ।

कार्यक्रममा शसस्त्र प्रहरी कार्यालयका एसपी जिवन केसी, गैर सरकारी संस्था महासंघ कपिलवस्तुका सदस्य मोहम्मद मुस्तफा, ओरेक नेपालका समाजिक मनोविमर्शकर्ता सुस्मा आचार्य , लुम्बिनी अपांगता बिकास केन्द्रका सचिव शिवानन्द बर्मा, नव जिवन संस्थाका जिल्ला संयोजक प्रेरणा बिष्ट, संचारकर्मी सुनिल आचार्य लगायतको उपस्थिती रहेको थियो ।