स्याङ्जामा बस र माइक्रो ठोक्किँदा १३ जना घाइते

मेचीकाली संवाददाता

२२ श्रावण २०८०, सोमबार
229 shares

मुक्ति न्यौपाने

वालिङ। सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका ४ गौराथोकमा सोमबार बेलुका ५ः५० बजे माइक्रो (हाईस) र बस एक आपसमा ठोकिँदा तेह्र जना घाइते भएका छन् ।

पोखराबाट वालिङ आउँदै गरेको बा ३ ख १००३ नम्बरको हाईस र बुटवलबाट पोखरातर्फ जादैँ गरेको GJ05bx2323 नम्बरको भारतीस बस एक आपसमा ठक्कर हुँदा हाईसमा सवार १३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा स्याङ्जा वालिङ नगरपालिका २ बस्ने ३७ वर्षीय पवित्रा सोनाम, २३ वर्षीय मुना गुरुङ, ९ बस्ने ५८ वर्षीय दुर्गा बहादुर गुरुङ, , १३ बस्ने मन्जु एस के, ८ बस्ने ३५ वर्षीय सरीता रेग्मी, २३ वर्षीय सुमत्र थापा, भिरकोट नगरपालिका घर भई हाल वालिङ नगरपालिका १ बस्ने ६६ वर्षीय मनसुभा नेपाली, चापाकोट नगरपालिका ३ बस्ने ४७ वर्षीय बेद बहादुर थापा, ४ बस्ने ४० वर्षीय मिन बहादुर सारु, पर्वत बिहादी गाउँपालिका ४ बस्ने ७९ वर्षीय रुकमागत भुसाल, ६ बस्ने ५३ वर्षीय टेक बहादुर बस्याल, हाइस चालक डोटीको दिपायल सिलगढ़ी नगरपालिका घर भई गल्याङ नगरपालिका बस्ने ४० वर्षीय पुरन बोहोरा रहेका छन् ।

घाइते सहचालकको नाम थर भने नखुलेको प्रहरीले जनाएको छ । हाइस चालक र सहचालकलाई उपचारको लागि पोखरा पठाइएको छ भने बाँकीको वालिङ प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ । प्रहरीले दुवै सवारी साधन र भारतीय बस चालकलाई नियन्त्रणमा लिएको छ । भारतीय बसमा सवारी ४८ जना सबै जना सकुशल रहेको प्रहरीले बताएको छ ।