नागरिक समाज शुद्दोधनको आयोजनामा विद्यालय सरसफाइ तथा रुपान्तरण कार्यक्रम

मेचीकाली संवाददाता

२३ श्रावण २०८०, मंगलवार
368 shares


तुलसीराम पौडेल —
शुद्दोधन ,श्रावण २३
नागरिक समाज शुद्दोधन कार्यसमितिद्वारा आयोजित विद्यालय सरसफाइ तथा रुपान्तरण कार्यक्रम शुद्दोधन गाउँपालिका वडा नम्बर -७ मधुवन स्थित राधाकृष्ण बाल आधारभुत विद्यालयमा सम्पन्न भयो ।नागरिक समाज रुपन्देहीका अध्यक्ष ईस्वरी चापागाईंले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले विद्यालयको शैक्षिक गुणस्तरको लागि शिक्षक नै प्रमुख भएको बताउनु भयो ।हामी सबै नागरिकले आफ्नो बालबालिकालाई अनुशासनमा राख्न सके अपराध प्रवृतिको अन्त्य हुने बताउनु भयो ।स्वतन्त्र ,निष्पक्ष र समाजप्रति सेवा भाव भएका एवं राजनैतिक नेतृत्वलाई गलत कामबाट रोक्न खबरदारी गर्न सक्ने स्वतन्त्र ब्यक्तिहरुको समुह नै नागरिक समाज भएकोले नागरिक समाजले अन्यायमा परेका आम नागरिकलाई न्याय दिलाउन सक्ने अध्यक्ष चापागाईंको भनाइ थियो । पुर्व जि.शि.अ टेक बहादुर थापाले शैक्षिक गुणस्तरको लागि अभिभावक र शिक्षक सक्रिय रूपमा लाग्नुपर्ने बताउनु भयो ।कार्यक्रममा नेपाली काङ्ग्रेस रुपन्देहीका केन्द्रिय प्रतिनिधि त्रलोक्य प्रताप सेन ,नागरिक समाज सल्लाहकार सोमनाथ शर्मा ,शुद्दोधन -७ का कार्यबाहक अध्यक्ष भिम नारायण चौधरी पुर्व बिधालय निरीक्षक ढुण्डिराज भण्डारी ,राधाकृष्ण बाल आधार भुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक यादव ,प्रधानाध्यापक जितेन्द्र कवर ,शंकर माविका प्रधानाध्यापक टंक पौडेल ,समाजसेवी भरथरी यादव,चारपाला सामुदायिक बन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष ओम प्रकाश ठाकुर लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
कार्यक्रममा ४ वटा डस्टविन विद्यालयलाई हस्तान्तरण गरिएको थियोे ।
नागरिक समाज शुद्दोधनका अध्यक्ष शेरबहादुर काफ्लेको अध्यक्षता, नागरिक समाज रुपन्देहीका अध्यक्ष ईस्वरी चापगाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत तथा संचालन कपिल अर्यालले गर्नुभएको थियोे ।