सामुदायिक वन दिवसको अवसरमा अन्तरक्रिया

मेचीकाली संवाददाता

२५ श्रावण २०८०, बिहीबार
254 shares

बुटवल। सामुदायिक वन दिवसको अवसर पारेर बिहीबार रूपन्देहीको कञ्चनमा पशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीले उत्पादन रोजगार र समृद्धिका लागि सामुदायिक वन विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष श्यामकली आचार्यको अध्यक्षता तथा केन्द्रीय सदस्य दिननाथ आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा केन्द्रीय सदस्य दिननाथ आचार्यले वनको संरक्षण र विकास गर्ने रोजगार सृजना भइरहेको बताए । उनले वनमाथि राज्य कर थोपर्ने काम रोकिनुपर्ने बताए । वन क्षेत्रका जानकार डिआर घिमिरे, वन महासंघका प्रदेश सदस्य दुर्गा पाठक, प्रदेश सदस्य यमबहादुर राना, मोनिका खनाल लगायतले बोलेका थिए ।

हिमाल थापाको स्वागत तथा कमला ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा कार्यक्रम भएको थियो ।