न्यू होराईजनका समीप बोर्ड प्रथम

मेचीकाली संवाददाता

३१ श्रावण २०८०, बुधबार
4394 shares

बुटवल । बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङलिस बोर्डिङ स्कुलका समीप पौडेल कक्षा १२ को नतिजामा बोर्ड प्रथम भएको विद्यालयले दावि गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार समीपले ३.९६ जी.पी.ए ल्याएका छन् ।

देशभरका विद्यार्थीको नतिजा हेर्दा ३.९६ नै उत्कृष्ट भएको पाइएकाले बोर्ड प्रथम दाबी गरिएको विद्यालयका संयोजक प्रकाश पन्थले जानकारी दिए । अन्य विद्यार्थीहरुको पनि उत्कृष्ट नतिजा आएको उनले बताए । न्यू होराइजन स्कुलले एसईई परिक्षमा समेत उत्कृष्ट नतिजा ल्याएको थियो ।