विजय टोल विकास संस्थाद्वारा वृक्षरोपण

मेचीकाली संवाददाता

३ भाद्र २०८०, आईतवार
245 shares

बुटवल । बुटवल उपमहानगरपालिका–१३ स्थित विजय टोल विकास संस्थाको आयोजनामा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

जितेश्वरी सामुदायिक वनअन्तर्गत रहेको पाणिनि पार्क र संस्थाको भवनबाट पूर्व जितगढीसम्म विभिन्न प्रजातिका २५० बिरुवा रोपीएको संस्थाका अध्यक्ष यमप्रसाद गैरेले जानकारी दिए । संस्थाको एक सदस्य एक बिरुवा अभियानअन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरिएको उनले बताए । उक्त अवसरमा सबै सदस्यले एकएक वटा बिरुवा रोपेका थिए ।

वृक्षरोपण कार्यक्रममा पाणिनि पार्कका अध्यक्ष ऋषिराम आचार्य, उपाध्यक्ष शान्ति श्रीस र सदस्य हरिदेव थापा, गार्खा भर्ती केन्द्रका रमेश थापाको नेतृत्वमा २० जना तथा विजय टोल विकास संस्थाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

बिरुवाहरु बुटवल–१३ को वडा कार्यालय र प्रदेश नरसरी कार्यालयले उपलब्ध गराएका हुन् । आफूले रोपेको बिरुवाको रेखदेख आफैँ गर्नुपर्ने संस्थाका अध्यक्ष गैरेले बताए ।