विश्व आत्महत्या रोकथाम दिवसमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

२५ भाद्र २०८०, सोमबार
341 shares

सुनिल आचार्य

कपिलवस्तु । विश्व आत्महत्या रोकथाम दिवस २०२३ को सन्दर्भमा सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको छ । दलित सामाजिक बिकास केन्द्रको आयोजना तथा जिल्ला समन्वय समिती कपिलवस्तुको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, युएमएन, ओरेक नेपाल, साथी संस्था, परिवर्तन युवा महिला संजाल, सिद्धार्थ सामाजिक बिकास केन्द्रको सह आयोजनामा आशा जगाऔं, जीवन बचाऔं भन्ने मूलनाररासहित तौलिहवामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा जिल्ला समँवय समितीका प्रमुख बाबुराम आचार्यले आत्म हत्याको घटना दर्दनाक हुँदै गएको हुँदा यसलाई न्यूनिकरण तर्फ सरकार लाग्न आवश्यक भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र युएमएनले प्रस्तुत गरेको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या डर लाग्दो देखिएको हुँदा १८ बर्ष मुनिका किशोर किशोरीहरुलाई उक्त अवस्थाबाट बचाउन सरकारले नीती बनाएर कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोडदिनु भयो ।

बढदो आत्महत्याका घटनाहरु न्यूनिकरण गर्न जिल्लामा सामाजिक मनोविमर्शका लागि हरेक स्थानियतहमा परामर्श केन्द्रको स्थापना गरी मानसिक रोगीहरुलाई परामर्श गर्नुपर्ने बताउनु भयो । जुनसुकै संस्थाहरुले तथ्यांक सहित कार्यक्रमहरु प्रस्तुत गर्दा आउँदो बर्षमा समिक्षा गर्नुपर्ने र घटनाहरुमा कमीआए वा एथास्थानमा छ भन्ने बिषयमा जानकारी हुने भएको हुँदा यस बिषयमा ध्यान दिन तथ्यांक संकलन गर्ने संस्थाहरुलाई आग्रह गर्नुभयो ।

यसैगरी जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीले आत्महत्याका घटनालाई न्यूनिकरणका लागि राज्यले जिम्मेवारी लिनु पर्नेमा जोडदिनु भयो । कार्यक्रमहरु संचालन गर्दा मोडालिटी परिवर्तन गरी प्रभात फेरी सहितको अभियानबाट आम नागरिकहरुले समेत बुझ्न सक्ने बताउनु भयो । समाज परिवर्तन गर्न जटिल समस्या समाधानका लागि स्थानिय सरकार र जिम्मेवार निकायमा रहेका निकायहरुको ध्यानाकर्षण हुन जरुरी भएको न्यायाधिवक्ता मरासिनीको भनाई छ ।

यस्तै कपिलवस्तु अस्पतालका मेसु विपिन जायसवालले आत्महत्या किन भैरहेको छ र त्यसको कारण के हो पत्ता लगाउनु पर्नेमा जोड दिनुभयो । स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले मानसिक समस्याबाट हुने यस्ता समस्यालाई न्यूनिकरण गर्न स्थानियतहले सामाजिक मनोविमर्श कर्ता द्वारा कार्यक्रम संचालन गरिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेक मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मी , नेपाल पकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य , संचारिका समूका अध्यक्ष तथा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य लगायतले सकारात्मक सन्देश सहितका अभियानहरु संचालन गर्न सके आत्महत्याका घटामा कमी आउने बिश्वास व्यक्त गरेका छन् ।

कार्यक्रम दलित सामाजिक बिकास केन्द्रका कार्यवाहक अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा प्रमुख जिल्ला अभिकारी शंकरहरि आचार्य , जिल्ला प्रहरी कार्यालयका प्रमुख नवरत्न पौडेल , जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मी , जिल्ला समन्वय अधिकारी भूमिराज पोख्रेल , गैर सरकारी महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय लगाएत बिभिन्न संस्थाका प्रतिनिधि , शिक्षक , पत्रकार लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम ओरेक नेपालका मनोविमर्शकर्ता सुस्मा आचार्यको संचालनमा सम्पन्न भएको थियो ।