सामुदायिक सवालमा समूह सञ्जालका महिला तथा सञ्चारकर्मीहरुसँग साक्षात्कार कार्यक्रम

मेचीकाली संवाददाता

२६ भाद्र २०८०, मंगलवार
310 shares

सुनिल आचार्य

कपिलवस्तु । दलित समाजिक बिकास केन्द्रद्वारा संचालित हाम्रो पहुँच परियोजना अन्तर्गत सामुदायिक सवालमा समूह संजालका महिला तथा संचारकर्मीहरु संग साक्षात्कार कार्यक्रम दलित समाजिक बिकास केन्द्रको आयोजनामा तौलिहवामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा बरिष्ठ परियोजना अधिकृत गोविन्द धवलले जिल्लाको दक्षिण क्षेत्रका महिला दिदी बहिनीहरुलाई सशक्तिकरण गराउन , आफ्ना समस्याहरु भन्न सक्ने छन , शिक्षा , स्वास्थ्य , संस्कृतिको बिषयमा बुझेर बोल्न र भन्न सकुन भन्ने परियोजनाको मुख्य उद्देश्य भएको बताउनु भयो ।

यस्तै परियोजना अधिकृत बिन्धवासिनी हरिजनले परियोजनाको बारेमा जानकारी दिंदै महिलाहरुलाई राजनितीक , सास्कृतिक रुपमा कसरी सवलीकरण गर्न सकिन्छ भन्ने लक्ष रहेको समेत जानकारी दिएकी थिईन् । यशोधरा गाउँपालिकाको ४,५,६,७ र ८ मा आत्म निर्भर समूह गठन गरिएको छ । पालिकको पाँच वटा वडामा ७६ वटा समूह छन् उक्त समूहहरुले रु. ३० लाख रुपैंया बचत संकलन गरेको परियोजना अभिकृत हरिजनले जानकारी दिईन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले चुलोचौकोमा मात्र सिमित रहेका त्यो पनि घरदेखि बाहिर निस्कन नपाउने महिलाहरु पछिल्लो समयमा समूह मार्फत अगाडी बढ्नु महत्वपूर्ण उपलब्धि भएको बताए । जुन लक्ष छ त्यसलाई लिएर अगाडी बढे राजनितिक र आर्थिकको क्षेत्रमा पुग्न सकिने बताए ।

यसैगरी संचारिका समूहका अध्यक्ष पार्वती आचार्यले दलित सामाजिक बिकास केन्द्रद्वारा संचालित परियोजनाले गठन गरेको आत्म निर्भर समूहहरुमा आवद्ध महिलाहरु परियोजनाका मुख्य उपलब्धि भएको बताईन । प्रदा भित्र रहेका महिलाहरुले आफ्ना कुराहरु , समस्याहरु , समाजमा हुने दाईजो प्रथा , बहुबिवाह , छोरीहरुलाई बिद्यालय पठाउनु पर्छ भन्ने अभियान संचालन गर्नु नै समूहका महिलाहरुको उपलब्धि हुनुका साथै महिलाहरुमा कार्यक्रमले ल्याएको परिवर्तन भएको बताईन् । महिलाहरु आत्म निर्भर भए बिभिन्न हिंसाहरु भोग्न नपर्ने आचार्यको भनाई छ ।

यशोधरा गाउँपालिका ६ रमवापुरमा गठीत जानकी आत्म निर्भर समूहका बिन्दु पासीले समूहमा आए पछि आफू बोल्न सक्ने , समस्याहरु बताउन सक्ने भएको बताईन् । पहिला आफुलाई केही जानकारी नपाएकी बिन्दु अहिले शिक्षा , स्वास्थ्य , महिला हिंसा , घरेलु हिंसाको बिषयमा धेरै कुराहरु बुझेकी छन् । २९ वर्षीया पासीको २ छोरा र १ छोरी छन् । सानो उमेरमा विवाह पश्चात पढाई छाड्न बाध्य भएकी उनि कक्षा ९ देखि अध्ययन गर्न शुरु गरी हाल गाउँको रंगपुर स्थित वासुदेव माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् । पासी भन्छीन दलित समाजिक बिकास केन्द्रद्वारा पहुँच परियोजनाबाट जिवनमा परिवर्तन आएको छ ।

यस्तै यशोधरा ४ पोखरभिटवामा गठित राम रहित आत्म निर्भर समूहका सदस्य राम रहिमले पहिला घरभित्रै सिमित रहेका हामी महिलालाई संस्थाले हाम्रो पहुँच परियोजनालाई गाउँमा समूह गठन गरी हामीहरुलाई शसक्तिकरण गराउन सफल भएको बताईन् । अहिले परियोजानले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु , बैठकहरुमा सहभागि हुँदा क्षमता बृद्धि भएको छ र घरदेखि यहाँ सम्म आउन सक्ने भएको बताईन् ।

यसैगरी यशोधरा ६ पश्चिम रमवापुरकी सोना चौधरी गौरी आत्म निर्भर समूहमा सहभागि भईन् । घरदेखि बाहिर मुस्किलले निस्कने चौधरीलाई अहिले त्यो समस्या भने हटेको छ । समूहमा बस्ने , छलफल गर्ने , मासिक बचत जम्मा गर्नेको बानी बसेको छ । उनले आफूमा मात्र परिवर्तन होईन समाजमा हुने छोराछोरी माथिको बिभेदको बिषयमा कुरा उठान गरी छोरीहरुलाई पनि शिक्षा दिनुपर्छ भन्ने अभियान चलाए छोरीहरुलाई पनि बिद्यालय पठाउन थालेको बताईन् ।

यशोधरा ६ पूर्व रमवापुरकी पुनम पासी खुशी आत्म निर्भर समूहमा प्रवेश गरिन उनिमा पनि पहिला समूह र समुदायमा बोल्न एकदमै मुश्किल थियो । घरको चुलो चौकामा मात्र सिमित भएकी पासी परियोजनाले गठन गरेको समूहमा समावेस भएपछि चौधरीको बोल्नेको बिकास , समूहमा गरिने बचतले जीवनमा परिर्वतन आएको बताउँछिन ।

यशोधरा ८ मधुनगरामा गठित बिद्या आत्म निर्भर समूहकी सदस्य उर्मिला पासीको जिवनमा पनि परिवर्तन आएको छ । घरभित्र मात्र सिमित रहेकी पासी अहिले घरदेखि बाहिर जान , समाजको अगाडी बोल्ने बानीको बिकास भएको छ । भने बिद्यालय जान छाडेका किशोरीहरुलाई संझाइृ बुझाई गरी पुन बिद्यालय जान थालेका छन् समूह गठन भएपछि नागरिकताको समस्याको बिषयमा कुराहरु उठान गर्न सफल भएको उर्मिला पासी बताउँछिन् ।

यस्तै यशोधरा गाउँपालिका ७ सुलतनावपुरको सगरमाथा आत्म निर्भर समूहका सविदा रैदास र सुशिला रैदासलाई समूह र छलफलले आफ्नो जिवनमा परिवर्तन ल्याएको भन्दै दलित सामाजिक बिकास केन्द्रलाई धन्यवाद दिएका छन् ।

दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष सुर्जमती पासीको अध्यक्षतामा पुस्पादेवी पासीको स्वागत मन्तव्य तथा पुनिता पासीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सामुदायिक सवालमा समूह संजालका महिला तथा संचारकर्मीहरु संग साक्षात्कार कार्यक्रममा ६ वटा आत्म निर्भर समूहका महिलाहरुले समूह गठन हुनु अगाडीको अवस्था र समूह गठन पश्चात जीवनमा आएको परिवर्तनको बिषयमा समूहले प्रस्तुत गरेका थिए ।

सो अवसरमा महिलाहरुले समाजमा दाईजो देखासिखीको रुपमा बढ्दै गएको बताएका छन् । सबै गाउँमा माबि तहको बिद्यालय नहुँदा छोरीहरुले सहज रुपमा शिक्षा प्राप्त गर्न नसकेको समेत जानकारी गराएका छन् ।