सुरक्षित महिनावारी र सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२६ भाद्र २०८०, मंगलवार
265 shares

बुटवल । ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुटवल माध्यमिक बिद्यालयमा अध्यनरत छात्राहरुको लागि सुरक्षित महिनावारी र सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजन तथा रोट्रयाक क्लब अफ तिनाउ बुटवलको सहकार्यमा कार्यक्रम भएको थियो ।

रोटरी क्लब अफ तिनाउ बुटवलकी अध्यक्ष रोटरियन अमृता भुषालले क्लवको बार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको बताइन् । किशोरीहरु महिनावारी हुदाँ आउने शारीरिक मानसिक र सम्बेगात्म परिवर्तनले पठनपाठनमा बाधा नपुगोस् भनेर कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

कार्यक्रम संयोजक तथा क्लबका भिपि फस्ट रोटरीयन माया भट्टराईले बिद्यालयमा पठनपाठन गर्ने किशोरीहरुलाई महिवारी हुँदाको समयमा बिद्यालय छोड्न नपरोस् र शारीरिक पीडा कम होस भन्ने उद्देश्यले पाँच वर्षसम्म सेनेटरी प्याड दिने घोषणा गरिन् ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डाक्टर बिवेचना पन्थीले बिद्यालयमा कक्षा ५ देखी ९ सम्म अध्यनन गर्ने छात्राहरुलाइ सुरक्षित महिनावारी, सरसफाइ र प्रजनन स्वास्यका बारेमा सहजिकरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै रोटरी क्लब अफ तिनाउ बुटवलका निबर्तमान अध्यक्ष कल्पना तिवारीले सुरक्षीत महिनावारी तथा प्रजनन स्वस्थका बारेमा किशोरीहरुले समयमै उचित ज्ञान लिन आवस्यक रहेको बताइन् ।

बिद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले राज्यले गर्ने काम क्लवले गरेको भन्दै धन्यवाद व्यक्त गरे । रोटरियन माया भट्टराई, रोटरियन अमृता भुसाल र रोटरियन अञ्जना पाण्डेले १ सय १० प्याकेट प्याड बितरण गरेका थिए । भने रोटरियन रोमिला शर्माले बिद्यार्थीलाई खाजा प्रदान गरीन । अमृता भुषालको अध्यक्षतामा भएको कार्यक्रम रोटरियन माया भट्टराइको स्वागत प्रेसिडेन्ट इलेक्ट रोमिला शर्माको धन्यवाद तथा सचिव रोटरियन अनिता भुषालको सञ्चालनमा भएको थियो ।