उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि बृहत रक्तदान कार्यक्रम गर्ने

मेचीकाली संवाददाता

३ आश्विन २०८०, बुधबार
518 shares

पार्वती आचार्य

कपिलवस्तु । संविधान दिवस २०८० को अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । असोज ४ गते बिहीबार बाणगंगा नगरपालिका ४ स्थित पिस हिमालय रिसोर्टमा खुला बृहत रक्तदान कार्यक्रम गरीने संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताए ।

हाल डेङ्गी लगायतका रोगहरुको कारण रक्तसञ्चार केन्द्रहरूमा रगत अभाव भैरहेकोले रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलले बताए । ज्ञानहरी न्योपाने (रामु) को संयोजकत्वमा हुने उक्त कार्यक्रम बिहीबार बिहान ८ बजेदेखि सुरु हुने छ ।

रक्त सञ्चार केन्द्र भैरहवा र नवप्रभात युवा क्लव बाणगंगा ४ ठाकुरापुरको प्राविधिक सहयोगमा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा सहभागि भई रगत अभावबाट हुने समस्यालाई समाधान गर्ने कार्यलाई सफल बनउन संघले सम्पूर्णमा आग्रह गरेको छ ।