आस्था बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

६ आश्विन २०८०, शनिबार
385 shares

बुटवल । आस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीले एक वर्षभित्र गरेका आर्थिक गतिविधिसँगै सहकारीको माध्यमबाट सामजिक क्षेत्रमा गरिएका रचनात्मक कामहरुहरुको समीक्षा गर्दै साधारणसभा गरेको हो ।

साधरणसभामा बोल्दै सस्थाका अध्यक्ष सोभाखर पोखरेलले सहकारीले स्थापना कालदेखि नै सामाजिक क्षेत्रामा बिभिन्न खालका रचनात्मक काम गर्दै आएको बताए । सहकारीले सदस्यहरुलाई विभिन्न खालका क्षमता विकासका तालिमहरु सञ्चालन गर्दै आएको र अहिले सहकारीका ८५२ सदस्य पुगेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक बुटबलका शाखाका प्रमुख नारायण बेलवासेले अस्था बहुउद्देश्यीय सहकारिले पछिल्लो दुई वर्षमा पचास प्रतिशतले सदस्यहरुको वृद्धि गरी सहकारीमा जोड्न सफल भएकोमा धन्यवाद व्यक्त गरे । सहकारीले व्यापार व्यावसाय तथा कृषिको क्षेत्रमा काम गर्ने सहकारीका सदस्यहरुलाई क्रण प्रदान गरी व्यवसाय सञ्चालन गर्न सहयोग गरेकोमा खुसी व्यक्त गर्दै सहकारिले सामजिक क्षेत्रमा खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुकदेव खनाल, सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका सचिव समाजसेवी ऋषीराम पाण्डे, सल्लाहाकर लक्ष्मण मरासिनी, रामप्रसाद पौडेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा लेखा आयोगको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम संस्थाकका अध्यक्ष सोभाखर पोखरेलको अध्यक्षयता, सचिव वेदप्रसाद गैरेको सञ्चालन तथा उपाध्यक्ष सागरमणि पोखरेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।