कसैलाई काखा कसैलाई पाखा नगरियोस्ः अध्यक्ष पौडेल

मेचीकाली संवाददाता

१२ आश्विन २०८०, शुक्रबार
678 shares

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले बाणगङ्गामा कार्यकारी प्रमुखको कार्यभार सम्हाल्न आउनुभएका भक्तिराम मरासिनीलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ ।

बाणगङ्गाका कार्यकारी प्रमुखको रुपमा आउनु भएका प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनी लाई स्वागत , सम्मान तथा शुभकामना ब्यक्त गर्दै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले सस्थाको बारेमा संक्षिप्त जानकारी गराउदै बाणगङ्गाको आफ्नै पहिचान र गरिमा भएको हुँदा त्यसलाई थप उचाइमा पुर्याउन यहाँको योग्यता क्षमता र अनुभवले सहयोग गर्नेछ भन्नेमा बिस्वस्त भएको बताउनुभयो ।

आत्मनिर्भर बाणगङ्गा बनाउने अभियानमा सदैब साथमा रहदै सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउँदै बाणगङ्गामा कहिलेकाही देखिने स्वार्थ समूहको चलखेलको प्रसङ्गलाई लिएर अध्यक्ष पौडेलले कहिलेकाही यहाँ केही स्वार्थ समुहहरुले आफ्नो अभिष्ट पुरा गर्न चलखेल गरि निर्णय प्रक्रिया प्रभाबित पार्न खोज्ने गरेको बताउनु भयो ।

नगर भित्र रहेका हरेक संघ सस्थाको सुक्ष्म अध्यन गरि नियमन गर्न , यस नगर क्षेत्रमा रहेका सम्पुर्ण ब्यबसायीको अभिभावकको रुपमा सधै स्मरण रहने गरि समग्र बाणगङ्गाको समृद्धिको मार्गचित्र कोर्न सफलता मिलोस , बाणगङ्गाको बसाइ सुखद , उपलब्धिमुलक र स्मरणीय बनोस हामी हरेक सकारात्मक सामाजिक कार्यको लागि साथ सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाउनु भयो ।

नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले समग्र देसको बर्तमान अबस्था , उद्योगि ब्यबसायिहरुले झेलिरहेका समस्याहरुको चर्चा गर्दै अर्थतन्त्र चलायमान नभएको बताउनुभयो । बजारहरु सुनसान छन , रास्ट्र बैंक समेत ब्यबसायिका मुद्दामा अनुदार देखियको छ । ब्यबसायिहरु बिस्थापित र पलायन भैरहेको बर्तमान अबस्थामा यस बाणगङ्गा नगरमा सक्षम योग्य तथा निजि क्षेत्र बुझेको अभिभावक आउनु भएको छ ।

यहाका ब्यबसायिहरुको पिरमर्कामा साथ सहयोग र सहजीकरण गर्नुहुनेछ , त्यसैगरी उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गर्न लागेको ब्यापार मेला तथा प्रदर्शनीको लागि आबस्यक सहयोग एबम सहजीकरण गर्नुहुनेछ भन्ने पुर्ण बिस्वास लिएको बताउनु भयो । पराजुलीले स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यहासङ्ग सधैभरी हातेमालो गर्दै सहकार्य गर्न प्रतिबद्धता जनाउनु भयो ।

उद्योग ब्यापार संघ , कपिलवस्तुले गरेको स्वागत सम्मान प्रती आभार एबम धन्यवाद ब्यक्त गर्दै प्रमुख प्रसासकिय अधिकृत भक्तिराम मरासिनीले स्वागत तथा सम्मानले आफुलाइ थप जिम्मेवार बनाएको बताउनु भयो । समृद्ध नगरको लागि सहकार्य गर्न इच्छुक हुनुहुन्छ भन्ने रुपमा बुझेको महसुस गर्दै बाणगङ्गा आफैमा धेरै सम्बाभना बोकेको नगर हो तर “ एक्लो बृहस्पति“ हुने अबस्थामा केही गर्न सकिँदैन , यहाका सबै संघ सस्था , निकाय , निजि क्षेत्र , राजनैतिक पार्टी , जनप्रतिनिधि तथा आम नागरिक सबैको चासो र चिन्ता समृद्ध बाणगङ्गा मात्रै हुनेहो भने , सबैको साथ र सहयोग रहेमा केही गर्न सकिन्छ भन्ने बिस्वास लिएको बताउनु भयो । यहाँहरुको उत्सुकता र प्रतिबद्धताले आफूलाइ उत्साहित र थप हौसला प्रदान गरेको छ , सबैप्रती सम्मान र समान ब्यबाहार रहने प्रतिबद्धता सहित यहाँ रहुन्जेल र पछि पनि यो न्यानो माया आत्मियताको निरंतरताको अपेक्षा व्यक्त गर्नु भयो ।

उक्त स्वागत तथा संमान कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीको प्रमुख आतिथ्यता , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायत सस्थाका पदाधिकारी एबम सदस्यहरु , सल्लाहकारहरु प्रदेश कमिटी सदस्यहरुको उपस्तिथि रहेको कार्यक्रमको संचालन उद्योग ब्यापार संघ , कपिलवस्तुका सदस्य सन्तोस गैरे तथा अध्यक्षता अध्यक्ष खिमानन्द पौडेलले गर्नुभएको थियो ।