लिटल फ्लावर्समा कक्षा ११ लाई स्वागत

मेचीकाली संवाददाता

१७ आश्विन २०८०, बुधबार
278 shares


तुलसीराम पौडेल —
फर्साटिकर, असोज १७
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित लिटल फ्लावर्स अङ्ग्रेजी माविमा कक्षा -११ का विद्यार्थीहरुलाई स्वागत गरिएको छ।कक्षा -१२ का विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि कक्षा -११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन ।विद्यालयका अध्यक्ष पानकुमार फौदारले कार्यक्रमको उदघाटन गर्नुभयो।
कक्षा १२ का विद्यार्थी रविन मल्लको अध्यक्षता, विद्यालयका अध्यक्ष पानकुमार फौदारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विद्यार्थीहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए ।
कक्षा १२ का विद्यार्थी रोशनी शर्माको स्वागत मन्तव्य ,विद्यार्थी द्वय शिव विक र निशा श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्राचार्य इन्द्रबहादुर क्षेत्री, शिक्षक ज्ञानेश्वर ज्ञवाली ,कक्षा ११ का विद्यार्थी डिया थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।