रत्नराज्य लक्ष्मी माविमा बाल अधिकार चेतना समूह पुनर्गठन

मेचीकाली संवाददाता

१८ आश्विन २०८०, बिहीबार
169 shares

सुनिल आचार्य

कपिलवस्तु । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह कपिलवस्तुको सहयोग तथा बाल अधिकार चेतना समूहको आयोजनामा कपिलवस्तु नगरपालिका–१ स्थित रत्नराज्य लक्ष्मी माविमा बुधबार बाल अधिकार चेतना समूहको पुनर्गठन सम्पन्न गरिएको छ ।

विद्यार्थीहरूको भेलाले रिमा बेल्दारको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरेको हो । जसको उपाध्यक्ष राम कृपाल यादव, सचिव निलम धोवी, सह सचिव रवि चाई र कोषाध्यक्षमा प्रिया कश्यप चयन भएका छन्

यस्तै सदस्यहरूमा दिलिप तेली, पुर्णीमा यादव, ज्योती कुर्मी, पुजा मुराऊ , रीना मुराऊ, सुमित्रा बानिया, नन्दनी कहार, आज्ञाराम पासी, मोहम्मद सविर, शिवा धावल, सरिता बढई, सृजना चौधरी, मुसाहिर रजा, ममता धोवी, संजीव थारु, बिवेक तेलि लगायत चयन भएका छन् । विद्यालयका शिक्षक रामशरन चौधरी र तारादेवी पौडेललाई बाल संरक्षक शिक्षकमा चयन गरिएको छ ।

कार्यक्रममा मानव अधिकार लुम्बिनी प्रदेश संयोजक पुष्पा रेग्मीले आफ्नो अधिकार संगसंगै कर्तव्यको पालना गर्न बाल अधिकार चेतना समूहलाई आग्रह गरिन् । शिक्षा, स्वास्थ्य, वातावरणको अधिकार र लैगिंक विभेदको बिषयमा बिद्यालय देखि गाउँघर सम्म बालबालिकाहरुले जनचेतना फैलाउन सम्भव भएको हुँदा सिकेका कुराहरुलाई व्यवहारमा ल्याउने र अधिकारको लागि अगाडी बढ्न समूहका पदाधिकारीहरुलाई शुभकामना दिइन् ।

कार्यक्रमका कपिलवस्तु नगरपालिका–१ का वडा सदस्य शुसिला धोवीले बाल अधिकार चेतना समूहलाई संरक्षण, प्रवद्र्धन मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । विद्यालयका बाल संरक्षक शिक्षक रामशरण चौधरीले बाल बालिकाहरूलाई अगाडी बढाउन बाल अधिकार चेतना समूहको महत्पूर्ण भूमिका रहने भएको बताए । चौधरीले बाल अधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले मानव अधिकार शिक्षा कार्यक्रम स्वागत योग्य रहेको बताए ।

इन्सेक जिल्ला सहजकर्ता पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी गराइन् । नव निर्वाचित अध्यक्ष रिमा बेल्दारले बालबालिकाको अधिकार प्राप्तिको लागि अनुसासन पुर्वक समितीका पदाधिकारीहरुले संरक्षक शिक्षक र इन्सेक प्रतिनिधिसंग समन्वय सहकार्य गर्दै बिभिन्न क्रियाकलापहरु संचालन गर्ने प्रतिवद्धता जनाइन् ।

उक्त कार्यक्रममा बिद्यालयका शिक्षकहरु, बाल अधिकार चेतना समूहका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।