कुन्द्रा सामुदायिक वनको १४औं वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२४ आश्विन २०८०, बुधबार
273 shares

सुनिल आचार्य

कपिलवस्तु । बुद्धभूमि नगरपालिका १ टिक्करस्थित कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक बनको उपलब्धि भनेको उपभोक्ताहरु भएको हुँदा बन संरक्षण र संवद्र्धनमा एकजुट हुनुपर्नेमा जोडदिनु भयो ।

बन आम्दानीको श्रोत हो त्यसकारण संरक्षण र सम्वद्र्धनमा आम उपभोक्ताहरुले बनलाई आफ्नो हो भनेर सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भयो । १४औं बर्षमा प्रवेश गर्दा सम्म यस सामुदायिक बनले १ करोड ११ लाख बढीको कार्यक्रम बनाउनु गौरवको कुरा भएको बताउनु भयो । कहिलेकांहि बनमा नियम विपरित कार्यहरु गर्दा कानुनी बाधा अड्चनहरु आईपर्ने हुँदा कानुन , विधि र विधानलाई नमिचिकन मर्यादालाई ख्याल गरेर कार्यहरु अगाडी बढाए कानुन रहित हुने बिश्वास व्यक्त गर्नुभयो ।

नगरपालिका र सामुदायिक बनको समन्वयले यस ठाउँको बिकासका लागि स्तम्भहरु बन्ने छन् । सामुदायिक बनबाट धेरै कुराहरुको समाधान गर्न , बिकास निर्माणका कार्यहरु सम्पन्न गर्न र बिद्यालयलाई सहयोग लगाएतका क्षेत्रमा सहजरुपमा सम्पन्न गर्न सकिने बताउँदै स्थानियतहले सामुदायिक बनसंग समन्वय गरेर अगाडी बढ्ने नगर प्रमुख श्रेष्ठले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा सव डिभिजन बन कार्यालय गोरुसिंगेका सहायक बन अधिकृत बसन्त थापाले सामुदायिक बनले सामाजिक बिकासका कार्यहरु गर्दा बनका निती , ऐन र कार्यविधिमा रहेर कार्यहरु गर्न आग्रह गर्नुभयो । बनले सम्पन्न गरेका बिभिन्न गतिविधिहरुलाई साधारण सभामा पेश गर्नु उत्तम हो । यस सामुदायिक बनले बन संरक्षण व्यवस्थापन गर्न उत्कृष्ट कार्यहरु गर्दै आएको बताउँदै सामुदायिक बनले गर्ने हरेक कार्यहरु पारदर्शिता हुन आवश्यक भएको सहायक बन अधिकृत थापाले बताउनु भयो । बनलाई हाम्रो हो भन्नु भन्दा पनि मेरो हो भन्ने धारणा राख्न सकियो भने बन सम्बन्धि प्रणालीमा छिट्टै फडको मार्ने बताउँदै बन सम्बन्धि नीती नियमहरुको बिषयमा जानकारी समेत दिनु भएको थियो ।

कार्यक्रमका वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले वैज्ञानिक बनमा सरकारले एक्कासी रोक लागाए पछि सडक देखि सम्बन्धित निकाय सम्म पुगेर शान्तिपूर्ण आन्दोल सहित मागहरु गर्दै धेरै संघर्षका बावजुद वैज्ञानिब वन व्यवस्थापन सफल भएको बताउनु भयो । सरकारलाई चुनौती दिएर अगाडी बढ्दै जाँदा हाल वास्तवमा लुम्बिनी प्रदेशमै पहिलो वन व्यवस्थापन शुरुगर्न सफल हुनु गर्वको बिषय भएको महासंघका केन्दिय अध्यक्ष सेनले बताउनु भयो ।

यस्तै बन सम्पदा हाईन श्रोत हो यसलाई समयमा नै व्यवस्थापन गर्न सके बनले छिट्टै फडको मार्ने बताउँदै दिगो वन , बैज्ञानिक बनको उद्देश्य र लक्ष के हो भन्ने बारेमा बुझ्न आवश्यक भएको बताउनु भयो । अबका दिनहरुमा पुर्वाधार बिकासका कार्यहरु भन्दा बन सम्बन्धि बिभिन्न तालिम , गोष्ठि लगाएतका अभियानहरुको बिस्तार गर्न आग्रह गर्नुभयो ।

कुन्द्रा सामुदायिक बनको वार्षिक साधारण सभाको शुभकामना दिंदै देशको सातवटै प्रदेशका ७ सय ७६ सामुदायिक बनहरुमा वैज्ञानिक बन व्यवस्थापन लागू गर्न सफल भएको , ६६ जिल्लामा कार्ययोजना तयारी भैरहेको र यस आर्थिक बर्षदेखि लागू हुने तयारी रहेको अध्यक्ष सेनले जनाउनु भयो । ३१ सामुदायिक बन र ८ वटा चक्ला बनमा बैज्ञानिक वन व्यवस्थापन लागू भएको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा जय बन शक्ति सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जिवन जीसीले बन संरक्षण गर्न सम्पूर्ण बनका उपभोक्ताहरु जागरुक हुन जरुरी भएको बताउनु भयो । बनबाट उत्पादन हुने बस्तुहरुबाट नै जिवन उकास्न सकिने भएको हुँदा बिपन्न तथा महिलाहरुका लागि क्षमता अभिबृद्धि लगाएतका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोडदिनु भयो ।

यसैगरी समाजसेवी तथा सामुदायिक बनका सल्लाहकार गोकर्ण कुवर र लेखा समिती संयोजक सालिकराम बञ्जाडेले बनको संरक्षण गर्न उपभोक्ताहरुको पनि दायित्व भएको बताउनु भयो । बनलाई संरक्षण गर्नुपर्छ र जोगाउनु पर्छ भन्ने बिषयमा आम उपभोक्ताले बुझ्नु पर्ने बताउँदै देशको अवस्था जेजस्तो अवस्थामा रहे पनि बन संरक्षण र संबद्र्धन गर्न उपभोक्ताहरु चनाखो हुनुपर्नेमा जोडदिनु भयो ।

यस्तै मेचिकाली राष्ट्रिय दैनिकका संवाददाता पार्वती आचार्यले बार्षिक साधारण सभाको शुभकामना दिंदै बनले गरेका हरेक गतिविधिहरुमा कलम चलाई समाचार संम्प्रेषण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष प्रेम कुमार श्रेष्ठले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै कुन्द्रा सामुदायिक बन २०६७ साल चैत १२ गते जिल्ला बन कार्यालय कपिलवस्तुबाट बिद्यान र कार्ययोजनामा यस समूह पारित भई जिल्ला बन कार्यालयमा स्वीकृतको लागि माग गरि पठाएको बिद्यान अनुसार बन प्राविधिक बाट बन सर्वे भए अनुसार १६५.९ हेक्टर बन क्षेत्रफल भएको बताउनु भयो । सोको आधारमा जिल्ला बन कार्यालयबाट यस समूहलाई बन हस्तान्तरण भएको हो । यस्तै ०७२ सालमा बैज्ञानिक बनको नेपाल सरकार र बन बिभागको निती अनुसार पुन सर्बे गर्दा यस बनको क्षेत्रफल १६५.९ हेक्टर कायम रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी समूहका कोषाध्यक्ष निर्मला तुलाधरले आर्थिक बर्ष ०७९/०८० को आयव्यय प्रतिबेदन प्रस्तुत र ०८०/०८१ को अनुमानित बजेट रु. १ करोड ११ लाख ७० हजार रुपैंया र निती तथा बार्षिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम बनका अध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा समूहका उपाध्यक्ष मनेश्वरी श्रेष्ठको स्वागत मन्तव्य तथा सचिव कमला टण्डनको संचालनमा सम्पन्न साधारण सभामा बुद्धभूमि नगरपालिका वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष नारायण खड्का , बसन्तपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष पंचम सिंह, जुरपानी सामुदायिक बन उपभोक्ता समूहका सचिव सरिता खनाल , उपभोक्ता समूका पदाधिकारीहरु , खानेपानी संस्थानका अध्यक्ष , टोल बिकास संस्थाका अध्यक्ष , बिद्यालयका शिक्षक , सहकारीका अध्यक्ष , महिला समूह, पत्रकार लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बन हेरालु नाथु चौधरीलाई नगदसहित सम्मान गरिएको थियो ।