लायन्स कल्व अफ तिलोत्तमा स्टार्सद्धारा निःशुल्क आँखा शिविर

मेचीकाली संवाददाता

३० आश्विन २०८०, मंगलवार
198 shares

तिलोत्तमा । लायन्स कल्व अफ तिलोत्तमा स्टार्सले तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माबिमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।

लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राबिधिक सहयोगमा शिविर आयोजना गरिएको हो । क्लबका अध्यक्ष लायन लक्ष्मी थापाको अध्यक्षता, लायन्स ईनटर नेशनल डिस्ट्रिक ३२५ ए का गर्भनर पिइमजेएफ लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक केदारचन्द्र पराजुली, बुटवल स्टार्सका अध्यक्ष लायन रिङ्कु लिगल, वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारी, जोन चियर प्रशन लायन गोबिन्द प्रसाद गिरी लगायतले आआफ्नो भनाई राखेका थिए ।

शिविरमा ३ सय ५० जनाको आँखा जाँच गरिएको थियो । ५ जनालाई थप उपचारका लागि रण अम्बिका शाह आँखा अस्पताल भैरहवा रिफर गरिएको अस्पतालका सुचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए । द्धितिय उपाध्यक्ष लायन प्रतीक पाण्डेयको स्वागत तथा प्रथम उपाध्यक्ष लायन विना पौडेल क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।