प्रेस चौतारी पाल्पाको शुभकामना आदान प्रदान तथा बुलेटिन विमोचन कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२ कार्तिक २०८०, बिहीबार
208 shares


प्रेस चौतारी नेपाल पाल्पा शाखाले बडादसैं, दिपावली, छठ २०८० तथा नेपाल सम्बत् ११४४ को अवसरमा शुभकामना आदान प्रदान तथा चौतारी बुलेटिन विमोचन कार्यक्रम सम्म्पन्न गरेको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले वर्तमान अवस्थामा सरकार निरीह रहेको र श्रमजीवी बर्ग महङ्गीले छट्पटाइरहेको बेला सञ्चारकर्मीले महङ्गीको विरुद्ध खबरदारी गर्नुपर्ने बताए । सांसद गैरेले अहिलेको सरकार जनजीवीका र विकास निर्माण, बजेट कार्यान्वयन लगायत हरेक सन्र्दभमा मौन रहँदा नागरिकले सास्ती खेप्नुपरेको बताए । उनले श्रमजीवी पत्रकारका कलम गरिखाने वर्गका पक्षमा चलाउन आग्रह समेत गरे । नेपालमा स्थिर सरकार आवश्यक रहेको बताउदै पार्टीले अघि सारेको मिसन ८४ सफल बनाउन केन्द्रीत हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रेस चौतारी पाल्पाको क्रियाशीलताको प्रशंसा गर्दै पार्टी तथा संगठन सुदृढिकरणसँगै बलियो बनाउने अभियानमा प्रेस चौतारीको महत्वपूर्ण भूमीका रहेको बताए ।


पाल्पा क्षेत्र नंं १ का संघीय सांसद नारायणप्रसाद आचार्यले पार्टी र संगठनहरु बिच समन्वय र सहकार्य आवस्यक रहेको बताए । जिल्लामा भएका विकासका काम बारे खुलेर प्रचार गर्ने, जनताका समस्या उठान गर्ने काममा चौतारी थप सक्रिय बन्नुपर्ने साँसद आचार्यले बताए ।


शुभकामना कार्यक्रमा प्रदेश सभा सदस्य खेमबहादुर सारु, प्रदेश सभा सदस्य इन्द्रा गहतराज, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, जिल्ला समन्वय समिति उपप्रमुख काशीका गैरे, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रवक्ता टीकाबहादुर थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिल्सिेना, प्रेस चौतारी नेपालकी केन्द्रय सदस्य तथा पाल्पा इन्चार्ज अमृता अनमोल, प्रेस चौतारीका केन्द्रीय अनुशासन आयोगका सदस्य किरण कौशल, प्रदेश सदस्य राजेन्द्र लिगल, कृष्ण पोखरेल, कोषाध्यक्ष नेत्रप्रसाद गैरे, सचिवालय सदस्य दयाराज न्यौपाने,सदस्य यज्ञमूर्ति तिमिल्सिना र नवराज ज्ञवाली, पाल्पा व्यापार संघका प्रथम उपाध्यक्ष विष्णुबहादुर कार्की लगायतले नेपालीहरुको साझा पर्व बडादसैँको शुभकामना व्यक्त गरेका थिए ।


सोही अवसरमा प्रदेश सभा सदस्य सारुले श्रमजीवी पत्रकारहरुलाई सम्मान गर्ने गरी २५,५२५÷– रुपयॉको जंगबहादुर–चित्रवीर अक्षयकोष समेत स्थापना गरेकाछन् ।
कार्यक्रमका अवसरमा प्रेस चौतारीको नियमित प्रकाशनमा रहेको चौतारी बुलेटिन सार्वजनिक गर्नुका साथै जिल्लाका स्थानीय तहका पार्टी नेतृत्व तथा जनप्रतिनिधी र चौतारीे बिचमा गरेको समन्वय बैठकको समीक्षा समेत गरिएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रम प्रेस चौतारी पाल्पाका उपाध्यक्ष सन्तोष बस्यालको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।