शुद्दोधनमा उपभोक्ता समितिको क्षमता अभिवृद्धि तालिम

मेचीकाली संवाददाता

२३ कार्तिक २०८०, बिहीबार
272 shares


तुलसीराम पौडेल —
रुपन्देही ,कार्तिक २३
रुपन्देहीको शुद्दोधन गाउँपालिकामा ७ दिने उपभोक्ता समितिको क्षमता अभिवृद्धि तालिम बिहीबार समापन भएको छ। शुद्दोधन गाउँपालिका अन्तरगत ७ वटै उपभोक्ता समितिका अध्यक्षहरु,सचीव ,कोषाध्यक्ष ,वडा सचिव र वडा अध्यक्षहरु सभागी भएको उक्त तालिमको प्रशिक्षण गुन्जेश्वरी चौधरीलेले गर्नुभएको थियो ।तालीम एक कार्यक्रमका बीच सम्पन्न भएको थियोे । कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको अध्यक्षता, गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामामा सम्पन्न भएको थियो ।
प्राविधिक मोहन पुरीको संचालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,वाड नम्बर १ का अध्यक्ष उदयराज गडेरिया ,वाड नम्बर -५ का वडा अध्यक्ष चन्द्रभान चौधरी लगायतले मन्तव्य दिनुभएको थियोे ।