असल बचतको १६ औं साधारण सभा तथा ७ औं अधिवेशन

मेचीकाली संवाददाता

२६ कार्तिक २०८०, आईतवार
459 shares

तुलसीराम पौडेल —
रुपन्देही , कार्तिक २६
असल बचत तथा ॠण सहकारी संस्था लिमिटेड शुद्दोधन -४ सौ फर्साटिकर रुपन्देहीको १६ औं साधारण सभा तथा ७ औं अधिवेशन शनिबार सम्पन्न भयो ।
शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले साधारण सभा तथा अधिवेशनको उद्द्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले सहकारीले ल्याएका रचनात्मक कार्यहरूलाई गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।
सम्पन्न साधारण सभा तथा अधिवेशनले सालिकराम बस्यालको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।त्यसै गरि उपाध्यक्षमा हेमन थापा , कोषाध्यक्षमा रामप्रसाद अधिकारी , सचीवमा बलराम पाण्डे,सहसचिवमा यज्ञमुर्ती अधिकारी , सदस्यहरुमा भिमप्रसाद तिवारी ,राजु खत्री ,डिल्लीराम पाण्डे ,दुर्गा आचार्य ,अमृतादेवी पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
लेखासमिती संयोजकमा निलम भुसाल र सदस्यहरुमा भक्तिराम सापकोटा ,सावित्री काफ्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ।
सहकारीका निवर्तमान अध्यक्ष बालकृष्ण पराजुलीको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रबक्ता एवं वाड नम्बर -४ का अध्यक्ष केशव अधिकारी ,गाउँपालिका , सहकारी संघ रुपन्देहीका प्रतिनिधि रेसमसिह ठकुरी ,सहकारी संजाल शुद्दोधनका अध्यक्ष लेखबहादुर खत्री ,गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारी , सहकारीका संस्थापक अध्यक्ष मधुप्रसाद खनाल ,सहर्ष बचत तथा ॠण सहकारीका अध्यक्ष बिष्णु प्रसाद गौतम ,चामुण्डा कृषि सहकारीका अध्यक्ष शेरबहादुर काफ्ले ,नेको इन्स्योरेन्स फर्साटिकर शाखाका प्रबन्धक अर्जुन थापा क्षेत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण पराजुलीबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,निवर्तमान कोषाध्यक्ष सालिकराम बस्यालबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,निवर्तमान लेखासमिती संयोजक बलराम पाण्डेबाट लेखाप्रतिवेदन प्रस्तुत रहेको थियोे ।
सहकारीका निवर्तमान उपाध्यक्ष कर्ण बहादुर काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहकारीका निवर्तमान सचीव हेमन थापाले गर्नुभएको थियोे ।