अर्घाखाँचीमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाईते

मेचीकाली संवाददाता

९ मंसिर २०८०, शनिबार
396 shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको सवारी दुर्घटनामा दुईजना गम्भीर घाईते भएका छन् । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु १ ज ४०९९ नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउँदै गरेको लु १६ प ६५९६ नम्वरको मोटरसाईकल शितगंगा १२ पिरापानी नजिक एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जना गम्भीर घाईते भएका हुन् ।

गम्भीर घाईते हुनेमा शितगंगा १२ निवासी छवि भट्टराई र बासु भट्टराई रहेका छन् । मोटरसाईकल चालक दधिराम भट्टराईको अवस्था भने खतरामुक्त रहेको बताईएको छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घाईतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।