सम्बन्ध सहकारीको चौथो साधारणसभा

मेचीकाली संवाददाता

१५ मंसिर २०८०, शुक्रबार
152 shares

बुटवल । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सम्बन्ध सहकारी बुटवल वडा नम्बर ११ को पहिलो बुहउद्देश्यीय सहकारी पनि हो । बुटवल–११ मा बहुउद्देश्यीय सहकारीको आवश्यकता महशुस गरी सहकारी स्थापना गरिएको थियो ।

साधारणसभामा बोल्दै वडा अध्यक्ष क्षेत्रीले सहकारीहरुले उत्पादन केन्द्रित लगानी गर्न आवश्यक रहेको बताए । सहकारीहरुले पछिल्लो समय सहकारीमा देखिएका समस्याहरुलाई चिर्दै सबै अघि बढन आवश्यक रहेको बताए । सहकारीका अध्यक्ष लोकराज शर्माले संस्थालाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो गरी अघि बढेको बताए । उनले सहकारीले आफ्नो डेटा सुरक्षित गर्न क्लाउड बेसमा सफ्टवेयर प्रयोगको पहल थालेको बताए ।

बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालले अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका समाजमा महत्वपूर्ण रहेको बताए । खनालले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए । सहकारीका हालसम्म शेयर सदस्य ६७० जना रहेका छन् । आउँदो वर्षसम्म शेयर सदस्य वृद्धि गर्दै लैजाने सहकारीका सचिव कमल नेपालले जानकारी दिए ।

सहकारीको शेयर पूँजी ९१ लाख ५५ हजार रुपैयाँ रहेको छ । त्यस्तै निक्षेप बचत २ करोड ९४ लाख ९५ हजार ६९ रुपैयाँ रहेको छ । सहकारीले ऋण लगानी ३ करोड ४५ लाख ४२ हजार ४७० रुपैयाँ लगानी गरेको छ । सहकारीले कृषि र व्यवसायमा लगानी गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

कार्यक्रममा सहकारीका सल्लाहकार राजेन्द्र ढकाल, दीपावली सहकारीका अध्यक्ष चन्डी प्रसाद न्यौपाने, पथ प्रदर्शक सहकारी अध्यक्ष चन्द्रमणि अधिकारी, शेयर सदस्यहरु कृष्ण पोखरेल, ज्योति गौतम, सहकारी सदस्य तथा हालै विद्यावारिधी गरेका डा. विष्णु घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णुकुमारी घिमिरेको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा ‘प्लस टु’ मा ३.६१ प्रतिशत भन्दा माथि ल्याउने रोशन ढकाल र विश्वास पंगेनी, हालै विद्यावारिधि गरेको शेयर सदस्यहरु डा. विष्णु घिमिरे, प्रा.डा. ताराप्रसाद उपाध्याय, संस्थाका व्यवस्थापक विमला अधिकारी, जेष्ठ शेयर सदस्य हरिकला पाण्डेलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।