लैंगिक हिंसा बिरुद्धको अभियानको अवसरमा अन्तरक्रिया

मेचीकाली संवाददाता

१७ मंसिर २०८०, आईतवार
79 shares

पार्वती आचार्य

कपिलवस्तु । दलित महिला संघ (फेडो) कपिलवस्तुको आयोजनामा, मायाँदेवी गाउँपालिका, इन्सेक नेपाल, जनता मावि बलुहवाको समन्वय तथा करुणा ट्रष्ट युकेको आर्थिक सहयोगमा मायाँदेवी गाउँपालिका वडा नं. ५ स्थित जनता मावि बलुहवामा अन्तरक्रिया गरिएको छ ।’ लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकाको लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराको साथ महिला सम्मान अभिबृद्धिका लागि सशत्तिकरण र पहुँच अभियान कार्यक्रम अन्तर्गत ३२ औं अन्तराष्ट्रिय लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानमा वडा नं. ५ र ७ का महिला, पुरुष र किशोरीहरु गरी ७० जना सहभागि बिच मंििसर १६ गते अन्तरक्रिया गरिएको हो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि मायादेवी गाउँपालिका कार्यपालिकाका सदस्य आज्ञाराम धोबीले शिक्षा र स्वास्थ्य जीवनको महत्वपूण सम्पत्ति भएको बताउनु भयो । शिक्षालाई प्राथमिकता दिए लैंगिक हिंसा न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । लैंगिंक हिंसा बिरुद्धको अन्त्य गर्न छोरा र छोरीलाई समान अधिकार दिन सहभागिहरुलाई आग्रह गर्दै छोरीहरुलाई दिईने शिक्षामा कमीको कारण मधेसमा लैंगिक हिसा बर्दै गएको बताउनु भयो । लैंगिंक हिंसा न्यूनिकरण गर्न र महिलाहरुलाई शसक्तिकरण गर्नकालागि मायादेवी पालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै महिलाको हकहितका लागि सबै एक जुट हुनुपर्नेमा जोडदिनु भयो ।

मायादेवी गाउँपालिका वार्ड नंम्बर ५ का वडा सदस्य राज कुमार जयसवालले मादक पदार्थ सेवनको कारण घर घरमा हिंसा बढ्दै गएको बताउनुभयो । कार्यक्रममा श्री जनता मावि बलुहवाका प्रधानाध्यापक राम निवास चौहानले लैंगिंक हिंसा न्यूनिकरण गर्न सबैले आ आफ्नो घरदेखि सचेतना अभियान संचालन गर्नुपर्नेमा जोड दिनु भयो । छोरा बराबर छोरीलाई शिक्षाको अधिकार दिए हिंसा स्वत कम हुँदै जाने बताउँदै महिला बाट नै बढी हिंसा हुने भएको हुँदा महिलाहरुको सशक्तिकरण हुन आवश्यक भएको प्रधानाध्यापक चौहानले बताउनु भयो । गाउ घरमा हुने बिभिन्न हिंसाहरुप्रति आवाज उठाउनु पर्ने बताउँदै प्रविधिमा पहुचकालागि युवाहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा दलित महिला संघ कपिलवस्तुका अध्यक्ष माया नेपालीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा महिलाहरूको समान पहुँच सुनिश्चितहुनु पर्ने बताउनु भयो । नेपालको संविधानले व्यवस्था गरे अनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाहरूको समानुपातिक सहभागिता प्राप्तिकालागि कार्यान्वयन तहमा थप प्रयत्नको आवश्यक भएको बताउनु भयो ।

दलित समाजिक विकास केन्द्रका कोषाध्याक्ष निलम पासी ले महिला शिक्षित भए लैङ्गिक हिंसा कमी हुने बताईदिनु भयो छोरा र छोरीमा कसैले पनि विभेद गर्न नहुने बिश्वास व्यक्त गर्नु भयो । इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले लैंगिंक हिंसाको कारणहरुको बिषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजनाका जिल्ला कार्यक्रम अधिकृत शंकर नेपालीले स्वागत मन्तव्य सहित अभियानको उद्देश्य र लक्ष्य माथि प्रकाश पार्दै लैडिगक हिंसाको कारण र हिंसा बााट हुने दुष्ट परिणाम को बारेमा जाानकारी दिदै महिलाहरुले नै आफूमा भएको हिंसाको आवाज उठाउनु पर्ने र आफू हिंसामा परे सहेर बस्न नहुने बिषयमा जानकारी दिनु भयो ।

कार्यक्रममा दलित महिला संघ कपिलवस्तुका अध्यक्ष मायाँ नेपालीको अध्यक्षतामा पहुँच परियोजनाका सामाजिक परिचालक अनिता श्रीमालको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा महिला समूहका सदस्यहरु, युवा, किशोरी लगायतको सहभागिता रहेको थियो ।