लुम्बिनीमा छाडा चौपायामाथि क्रूर यातना

मेचीकाली संवाददाता

१८ मंसिर २०८०, सोमबार
133 shares

भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रहेका छाडा चौपायालाई व्यववस्थित गर्ने नाममा क्रुर यातना दिइएको छ । कात्तिकको दोस्रो हप्ता संयुक्त राष्ट्र संघका महासचिव लुम्बिनी भ्रमणमा आउने भएपछि लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले बिना योजना हतारहतार कोष परिषरमा तारवार गरि करिब तीन सय छाडा चौपाया राखेका थिए ।

लुम्बिनी विकास कोष परिषरमा करिब ३ बिगाहा क्षेत्रफलमा तारजाली लगाएर राखिएको छाडा चौपायालाई समयमै दाना, पानी र औषधीको व्यवस्था हुन नसक्दा अहिले चौपायाहरु मर्न थालेको लुम्बिनी विकास कोषका एक कर्मचारीले बताए । लुम्बिनी विकास कोषले एक जना र लुम्बिनी सांस्कृतक नगरपालिीकाले ६ जना कर्मचारी चौपाया व्यवस्थापनका लागी राखे पनि उनीहरुले सही तरिकाले काम नगर्दा समस्या थप जटिल हुन थालेको स्थानीयले बताए । चौपाया एक महिनादेखि परालको भरमा छन् । तिनीहरुले हरियो घाँस, दाना र औषधी देख्न पनि पाएका छैनन् । अस्थायी रुपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रुपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थपन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भए पनि काम हुन नसक्दा दैनिक जसो चौपायाहरु मर्न थालेका छन् ।

केही दिन अगाडि लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राईसहिको बैठकले अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन तत्तकाल सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने निर्णय गरेको थियो । निर्णय कागजमा मात्र सीमित हँुदा अहिले गाईगोरु पिडादायी तरिकाबाट मर्न बाध्य छन् । तिनीहरु मर्नभन्दा पहिले चराहरुले तिनीहरुको आँदा खाइदिने गरेका कारण देख्न नसकेर पानी र खानाको अभावमा पिडादायी मृत्यु सहन बाध्य छन् ।

अस्थायी रुपमा व्यवस्थापन गरिएको छाडा चौपायालाई थप व्यवस्थित बनाउने निर्णय गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । छाडा चौपायाको स्वास्थ्य परीक्षणका लागि एनिमल नेपाललाई आग्रह गर्ने निर्णय समेत भएको शाक्ले बताए ।

लुम्बिनीमा छाडा चौपायाका कारण किसानहरुको बाली नाली समेत नष्ट गर्ने गरेको थियो । लुम्बिनीमा छाडा चौपाया हुदा रातको समयमा स्थानिय कृषकहरुले जाग्राम बसी बाली जोगाउदै आएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
कात्तिकको पहिलो हप्ता रातारात लुम्बिनी बिकास कोषले छाडा चौपाया नियन्त्रणमा लिएको थियो । संम्युक्त राष्ट्र् संघका महासचिव लुम्बिनी भ्रमणका लागी आउने निश्चीत भए पछि कोषले छाडा चौपाया नियन्त्रणमा लिएको हो । छाडा चौपाया नियन्त्रणमा लिए संगै लुम्बिनी वरपर छाडा चौपाया नहुदा सुन्दरता बढे संगै लुम्बिनी बिकास कोषलाई चौपाया फेरी सडकमै नछाड्रन दवाव परे संगै बिगद एक महिना देखी चौपाया थुनामा छन्र ।

लुम्बिनी विकास कोष क्षेत्रभित्र अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गरिदा खाना , पानी र औषधीको सहित ब्यावस्थापन नहुदा अहिले गाई गोरु पिडादायि मरन गर्न बाध्य छन् । खाना खान नपाएर बिरामी परि ढलेका गाई गोरु उठ्न नसकेको अवस्थामा चराहरुले आखां खाईदिदा पिडा दायि तरिका बाट मर्न बाध्य भएको चौपाया कुर्न खटिएका एक कर्मचारीले बताए । करिव तिन सयको हाराहारीमा रहेका चौपायाहरु एक महिनाको अवधिमा ४० बढी मरिसकेको कोषका कर्मचारीहरु बताउछन् । मरेका चौपायालाई डोजर लगाएर सोही स्थानमा गाडीएका छन् । चौपायालाई थुनीएको क्षेत्रमा अहिले मरेका चौपायालाई गाडीएको खाल्टोहरु मात्र देखिने गरेका छन् ।