समीपको ११ औं साधारण सभा

मेचीकाली संवाददाता

३० मंसिर २०८०, शनिबार
256 shares

तुलसीराम पौडेल —-
रुपन्देही ,मंसिर ३०
रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित समीप बचत तथा ॠण सहकारी संस्थाको
११ औं वार्षिक साधारण सभा सम्पन्न भयो। सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
उद्घाटन पश्चात् बोल्दै अध्यक्ष घिमिरेले सहकारीहरु सस्थाहरु उद्देश्यअनुरुप सञ्चालन हुनुपर्ने बताउनुभयो ।
नागरिकले कृषि उत्पादन घरमा घरमा गरि खर्च कम गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकले किनेर होइन आफै उत्पादन गरेर उपभोग गर्नुपर्ने समेत जिकिर गर्नुभयो ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सहकारीका विज्ञबाट सञ्चालन भएकाले समीप यस क्षेत्रमै उत्कृष्ट सहकारी भएको बताउनुभयो ।
सहकारीले सियारीका जनताको आर्थिक विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नारी एकता महिला विकास बचत तथा ऋण सहकारी अध्यक्ष हुमकान्ती भुर्तेल ,संस्थापक सचिव मथुरा यादव संस्थापक सदस्य तथा सल्लाहकार ध्रुव नेपाल, शुद्धोधन सहकारीका अध्यक्ष मिननाथ शर्मा,भृकुटी कृषि तथा पशु विकास सहकारीका अध्यक्ष अविराम विक,समाजसेवी तथा सिद्दार्थ माविका पुर्व अध्यक्ष कृष्ण नेपाल लगायतले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष सुर्य नारायणले सञ्चालक समितिको प्रतिवेदन र लेखासंयोजक प्रकाश रेग्मीले लेखा सुपरिवेक्षण प्रतिवेदन, कोषाध्यक्ष प्रतिमा नेपालले आय व्ययको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रतिवेदन अनुसार संस्थाले ३ करोड ७५ लाख ५ हजार ७ सय शेयर पूँजी तथा ४ करोड ८३ लाख ५६ हजार कर्जा लगानी गरि ५ करोड ५५ लाख ३७ हजार ९ सय ५४ रुपैयाँ बचत संकलन गरेको छ।
सहकारीले ६२ लाख १४ हजार ५ सय ५८ रुपैयाँ नाफा कमाउन सफल भएको छ।
सहकारीको ११ करोड ७ ३ लाख ४४ हजार १ सय ८९ रुपैया कुल पुजी संकलन गरेको छ।
हाल सस्थामा ११८३ जना सेयर सदस्य रहेका छन।
सहकारीले विभिन्न विधामा सहकारीका सेयर सदस्य एंव सस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार माधव नेपाललाई सम्मान समेत गरेको छ।
सहकारी उपाध्यक्ष कमल प्रसाद थारु स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सञ्चालक समिति सदस्य सुदर्शन पौडेलले गर्नुभएको थियो ।