नेपाल अटो मेकानिक्स ट्रेड युनियनद्धारा तालिम प्रदान

मेचीकाली संवाददाता

१ पुष २०८०, आईतवार
178 shares

बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रशिक्षण विभागले लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका मेकानिक्सहरुलाई तालिम प्रदान गरेको छ । प्रदेशभरीका ८ सय भन्दा बढि मेकानिक्सहरुलाई बेसिक तथा एडभान्स तालिम प्रदान गरेको हो । प्रदेशका अधिकांश जिल्लामा तालिम सम्पन्न गरेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुका निवर्तमान अध्यक्ष तथा प्रतिनिधि परिषद् प्रमुख जिवन अधिकारीले बताए ।

सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने नारा लिएपनि नारामै सिमित भएको भन्दै उनले अहिले सम्म सरकारले अटो मेकानिक्सको क्षेत्रमा काम गर्ने युवाहरुलाई कुनै सिप मुलक तालिमहरु संचालन नगरेको बताए । अटो मेकानिक्स टे«ड युनियनले यो बर्ष मात्र लुम्विनी प्रदेशका ८ सय भन्दा बढि मेकानिक्सहरुलाई तालिम संचालन गरि सयौं युवाहरुलाई रोजगारीको व्यवस्था गरेको बताए । सरकारले गर्ने काम अहिले अटो मेकानिक्स ट्रेड युनियनले गर्दै देशभरि तालिम संचालन गरेको उनले बताए ।

अटो मेकानिक्स टे«ड युनियनका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन भण्डारीले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा अटोमेकानिक्स तालिम संचालन गरेको बताए । तालिमबाट धेरै युवाहरुले स्वरोजगार बन्ने अबसर प्रयाप्त गरेको बताए कार्यक्रममा तालिमको सहजिकरण नेपाल अटो मेकानिक्स टे«ड युनियन लुम्बिनी प्रदेशका सह सचिव गोपाल कुँवरले गरेका थिए ।