भ्रष्टाररहित देश बनाउन सरकार लागिपरेको छः मन्त्री आचार्य

मेचीकाली संवाददाता

१ पुष २०८०, आईतवार
124 shares

पार्वती आचार्य

कपिलवस्तु । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले भ्रष्टचार रहित देश बनाउन अहिलेको सरकार लागि परेको बताएका छन् । १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८० कोे समापन कार्यक्रमलाई समेधन गर्दै मन्त्री आचार्यले सो कुरा बताएका हुन । नक्कली भुटानी शरणार्थी, सुन लगायत विभिन्न काण्डमा मुछिएका विभिन्न राजनैतिक दलका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएको भन्दै सरकार भ्रष्टचार मुक्त समाज निर्माणमा तल्लिन रहेको बताए ।

लोकतन्त्रका लागि थोरै समय र साथ नदिएका र स्वार्थको लागि मात्र गठन भएका साना दलहरु आगामि निर्वाचनबाट हराएर जाने बताए । त्यस्तै उनले चारनम्बरमा हरेक वर्ष सञ्चालन हुने महोत्सवले यहाँको कृषि, पर्यटन र उद्योग ब्यापारको क्षेत्रलाई प्रवदर््धन गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

कपिलवस्तु जिल्ला मानव विकास सुचाङ्कमा केहि पछाडि परेता पनि जिल्लाको बाणगंगा क्षेत्र भने विकासको दृष्टिमा अगाडि बढेको बताए । निर्वाचनको समयमा आआफ्नो पार्टी र सङ्गठनमा आस्था राखेपनि समग्र जिल्लाको विकासको लागि सबैदलका जनप्रतिनिधि र राजनैतिक दलका व्यक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यस्तै संविधान सभा सदस्य अत्तर कमाल मुसलमानले लोकतन्त्र र गणतन्त्रले हामिलाई बोल्ने, नराम्रो कामका विरुद्ध आवाज उठउने अधिकार दिएको भन्दै अहिलेको व्यवस्थाका विरुद्ध आवाज उठाउनेलाई परास्त गर्नुपर्ने बताए । त्यस्तै फरक प्रसङ्गमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टी सभापति रवि रामिछाने तर्फ सङ्केत गर्दै ठाउँ नपाएकाहरुको झुण्ड बनाएर स्वतन्त्रताको नाममा उदण्डता मच्चाउनेहरुलाई चिन्नुपर्ने जरुरी भएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थिले कपिलवस्तुका सबै राजनैतिक दलहरु मिलेर जिल्लाको विकास गर्नुपर्ने बताए । विकासका प्रशस्त सम्भावना भएपनि कपिलवस्तुमा साधन स्रोतको सहि सदुपयोग नहुँदा चाहेजति विकास हुन नसकेको सांसद पन्थीले बताए । कानुनकै कारण लुम्बिनीमा वैदेशिक सहयोगबाट प्राप्त भएका विजुली बसहरु सञ्चालन हुन नसक्नु आपत्ति जनक रहेको बताए ।

त्यस्तै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगंगा वेलफेयर सोसाइटीले सञ्चालन गरेको महोत्सवबाट समग्र जिल्लको आर्थिक अवस्था सुधार गर्न सहयोग गरेको बताए । बाणगंगाले विगतमा सञ्चालन हुने महोत्सवलाई संरक्षकको रुपमा सहयोग गर्दै आएको बतए । मंसिर २१ देखि शुरु भएको १४ औं कपिलवस्तु महोत्सव पुस १ गते समापन भएको हो ।