शिव मन्दिर सामुदायिक वनको १७औं साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

७ पुष २०८०, शनिबार
147 shares

पार्वती आचार्य

कपिलवस्तु । शिव मन्दिर सामुदायिक वन उपभोक्ता समिति बाणगंगा १ बुंची कपिलवस्तुको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समूहका अध्यक्ष झलक बहादुर मल्ल ठकुरीको अध्यक्षतामा सामुदायिक बनको प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका मेयर चक्रपाणि अर्यालले सामुदायिक बनको उपलब्धि भनेको उपभोक्ताहरु भएको हुँदा बन संरक्षण र संवद्र्धनमा एकजुट हुनुपर्ने बताए । बन आम्दानीको श्रोत भएकाले यसको संरक्षण र सम्वद्र्धनमा आम उपभोक्ताहरुले बनलाई आफ्नो हो भनेर सक्रिय रुपमा लाग्नुपर्ने बताउँदै वनले बजेट तथा कार्यक्रम बनाउँदा स्थानीय सरकारसंग समन्वय गर्न आग्रह गरे । नगर प्रमुख अर्यालले वनमा भएको बजेट खर्च गर्दा साधारण सभाबाट पास गरि स्थानीय सरकार र डिभिजन वन कार्यालयको स्वीकृती लिनुपर्नेमा जोड दिए ।

यसैगरी वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले सामुदायिक बन सम्पदा होईन श्रोत भएको बताईन् । यसलाई समयमानै व्यवस्थापन गर्न सकिएन भने खेर भएर जाने बताउँदै सामुदायिक वन र बिद्यालयहरुमा कसैले पनि राजनिति गर्न नहुने बताईन् । वैज्ञानिक वन काट्ने र बेच्ने मात्र होईन यसले पुनरउत्पादन , स्थानिय समुदायमा उपभोक्ताहरुलाइृ रोजगारी सृर्जना गर्नु र राज्यलाई अर्थतन्त्रमा टेवा पुराउनुको साथै हैसियत बिग्रिएका वनहरुलाई हरियाली बनाउँदै वातावरणलाई समेत सहयोग हुने अध्यक्ष सेनको भनाई छ । संघिय वन नियमावलि अनुसार सम्वद्र्धन प्रर्णालिमा आधाररित वैज्ञानिक नीती लाई अवलम्बन गरी वनलाई दिगो बनाउन सामुदायिक बनहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले सामुदायिक बनका समिती मात्र सक्रिय भएर हुँदैन उपोक्ताहरु पनि सक्रिय र चनाखो हुनुपर्ने बताए । बाणगंगा नगरपालिका वडा नं. १ का वडाध्यक्ष संजु सारुले यस शिव मन्दिर सामुदायिक बनलाई अगाडी बढाउन नगरपालिका र १ , २ र ४ नम्बर वडाका उपभोक्ताहरुले ध्यान दिन जरुरी भएको बताए ।

बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले वनको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । कपिलवस्तु सामुदायिक अस्पतालका रामजी सेन, बुद्धदर्पण दैनिककी पार्वती पाण्डे लगायतले शुभकामना दिंदै बन संरक्षण र व्यवस्थापन गर्न उपभोक्ता समूहको भूमीका महत्वपूर्ण रहने बताएका थिए ।

बार्षिक साधारण सभामा समुहका अध्यक्ष झलक बहादुर मल्ल ठकुरीले स्थानीय स्रोत साधनको पहिचान र परिचालन, सम्पर्क समन्वयमा विकास र विस्तार, सदस्यलाई सहयोग गर्न मुल्यमा आधारित दिगो सामाजिक संस्था तथा सुशासन युक्त सामाजिक संस्था सहितको लक्ष्य प्रस्तुत गरेका थिए ।

अध्यक्ष ठकुरीले वृक्षरोपण, बिरुवा हुर्काउने, कटान गर्ने तथा वितरण र अन्य आवश्यक स्रोत व्यवस्थापन गरि भरपर्दो माध्यमबाट सेवा सञ्चालनमा ल्याउने, बन विभाग तथा कार्यालय तथा स्थानीय संघ संस्थाहरुको सहकार्यमा रहेको क्षेत्र वरपर पर्यटकीय स्थल निर्माण गर्न समन्वयकारी भुमिका निर्वाह गर्ने उद्देश्यहरु सहित ०८०/०८१ को नीती तथा कार्यक्रम प्रस्तुत गर्दै १ करोड १७ लाख ३० हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।

०८०/०८१ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला रानाले प्रस्तुत गरेकी थिईन । उनले गत आर्थिक बर्षको १९ लाख ४३ हजार ८५ रुपियाँ ५७ पैसा बराबरको बजेट प्रस्तुत गरेकी थिईन् । सचिव सञ्जु कुमारी सेनले प्रगति प्रतिवेदन पेश गरेकी थिईन् ।

समूहका अध्यक्ष झलक बहादुर मल्ल ठकुरीको अध्यक्षतामा उपाध्यक्ष बाबुराम बस्नेतको स्वागत तथा सचिव सञ्जु मल्ल सेनको सञ्चालनमा सम्पन्न साधारण सभामा वडा अध्यक्षहरु , वडा सदस्यहरु , सामुदायिक बनका अध्यक्षहरु , टोलबिकास संस्थाका प्रतिनिधी , समूहका पदाधिकारीहरु , समाजसेवी बुद्धिजिवी , संचारकर्मी लगाएको सहभागिता रहेको थियो ।