युवा पक्ति नेतृत्व तह सम्म पुग्नु पर्ने ः राष्ट्रिय सभा सदस्य घिमिरे

मेचीकाली संवाददाता

८ पुष २०८०, आईतवार
171 shares


पार्वती आचार्य
कपिलवस्तु पुस ८
युवा पक्ति नेतृत्व तह सम्म पुग्नु पर्ने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बताउनु भएको छ । परियोजना वहिर्गमन सम्बन्धि कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले सो कुरा बताउनु भएको हो । दिगो तथा मर्यादित समाजिक आर्थिक सशिक्तिकरण (सिड्स) कार्यक्रम स्ट्रोम फाउन्डेसन नेपालको सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य घिमिरेले समाज परिवर्तनका लागि युवाको आवश्यक रहेको बताउनु भयो । सिद्धार्थ सामाजिक विकास केन्द्रले समाज रुपान्तरणमा टेवा पुराउँदै आएको बताउँदै यसलाई निरन्तरता दिन तिनै तहको सरकार लाग्नु पर्ने बताउनु भयो । फरक प्रसंगमा बोल्दै राजनिती परिवर्तन ल्याउन व्यवस्था परिवर्तन गरि अगाडि जानु पर्नेमा जोडदिनु भयो ।
यस्तै वाणगगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले स्ट्रोम फाउन्डेसनले किसोरकिसोरीहरुलाई सामाजिक , आर्थिक र व्यवसायिक रुपमा शसक्तिकरण गर्न राम्रो सहयोग पुराएको बताउनु भयो । सिद्धार्थ सामाजिक बिकास केन्द्रले नगरपालिकाका तिन वटा वडाहरुमा संचालन गरेको कार्यक्रमले किशोरकिशोरीलाई आत्मनिर्भर बन्न सिकाउदै अगाडी बढ्न सहयोग पुराएको बताउनु भयो । सस्थाले गरेका हरेक गतिविधिँसग नगरपालिका नजिक रहेको बताउदै नगरले आगामि दिनमा उक्तकार्यहरुको दिगोपनाको लागि बजेट समाबेश गर्ने नगर प्रमुख अर्यालले प्रतिवद्धता जनाउनु भयो । वाल बगैंचा , वडा सञ्जालद्वारा महिला वालबालिकाहरु माथि हुने यौनजन्य हिंसा , वालविाह लगाएत बिभिन्न हिंसा न्यूनिकरण गर्नकालागि किशोरीहरुले आवाज उठान गर्न सक्नु संस्थाको मुख्य उपलब्धि भएको बताउनु भयो ।
यसैगरी उप प्रमुख रिता कुमारि चौधरीले सस्थाले पाँच बर्ष सम्म उदाहरणीय कार्यहरु गरेको बताउँदै सस्थाले लगाएको लगानिलाई स्थानीय सरकारले खेर जान नदिने बताउनु भयो । किशोरी संजालको कार्यक्रमलाई निरन्तरता दिन नगरले नगरको रातो कितावमा बजेट बिनियोजन गरेको बताउनु भयो । उपप्रमुख चौधरीले आफू पनि सिद्धार्थ समाजिक बिकास केन्द्रबाट नै शसक्तिकरण हुँदै आज यस स्थानमा पुग्न सफल भएको हुँदा यस संस्थासंग समन्वय गरेर अगाडी बढ्ने बिषयमा जोडदिनु भयो ।
कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष विष्णु गिरि र ११ का वडा अध्यक्ष नरेन्द्र बहादुर चौधरीले सस्थाले समुदायमा शिक्षा , स्वास्थ्य तथा आयआर्जन रहेर उदाहरणीय काम गरेको बताउनु भयो ।
टोल बिकास संस्थाका द्वारिका प्रसाद चौधरी र सहसंजालको तर्फबाट बाणगंगा नगरपालिका ११ का सहज किशोरकिशोरी तथा युवा संजालका अध्यक्ष आशिका मल्लाहले पारिवारिक बिकास योजना , किशोरकिशोरी तथा युवाको शसक्तिकरण, जिवन बृद्धि बिकास योजनाको बारेमा कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउनु भयो ।
सो अवसरमा कार्यक्रमको कार्यगत संरचना , प्रक्रिया , आगामी दिनमा गर्नुपर्ने मार्गदर्शनको बारेमा संस्थाका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे र कार्यक्रमले पारेको प्रभाव , उपलब्धि , असल अभ्यास , सिकाई तथा चुनौतिको बारेमा कार्यक्रमका बरिस्ठ संयोजक आर टि खानले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बरिष्ठ कार्यक्रम संयोजक देखि संवाद सहजकर्ता तथा समुदायमा आधारित कोचिङ् कक्षा शिक्षकहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । वहिर्गमन सम्बन्धि कार्यक्रममा वडा अध्यक्ष समाजिक व्यतिmहरु, संस्थाका पदाधिकारी तथा पत्रकारको सहभागिता रहेको थिायो । संस्थाका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्ष्तामा संस्थाका सचिव दुर्गा अर्यालको स्वागत मन्तब्य तथा सह सचिव धु्रब बेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सन् २०१९ देखि २०२३ सम्म कार्यक्रमले पारेको प्रभावहरुलाई आधारमानी बृत्तचित्र , भिडियो डकुमेन्ट्री मार्फत सार्वजनिकीकरण गरिएको थियो । वाणगगा नगरपालिका वडा ३, १० र ११ मा रहेर काम गरेको संयोजक खानले बताउनु भयो । समाज रुपान्तरणको लागि समाजका हरेक समुदायकोलागि सशक्त रुपमा काम गरेर समाज र दिगो बिकास र आय आर्जनको सवालमा रहेर काम गरिएको १ हजार ४ सय ३२ भन्दा धेरै किसोरकिसोरिको भविष्य निर्माणका योजना र १ हजार ५ सय १० घर परिवारलाई विभिन्न किसिमका जिविको पार्जन जस्ता काममा पाच वर्षको अबधिमा १३ करोड भन्दा धेरै बजेटको लगानि विभिन्न क्षेत्रमा खर्च गरेको संस्थाले जनाएको छ ।