संचय बचत तथा ॠण सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

११ पुष २०८०, बुधबार
129 shares


तुलसीराम पौडेल —
रुपन्देही ,पौष ९
रुपन्देहीको सियारी गाउँपालिका -५ बनघुसरी स्थित संचय बचत तथा ॠण सहकारीको १४ औ वार्षिक साधारण सभा सम्पन्न भयो ।सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीले साधारण सभाको एक कार्यक्रमका बीच उद्द्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले महिला उद्दमिहरुलाई गाउँपालिकाबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा दयानगर साना किसान कृषि सहकारीका अध्यक्ष सुष्मा भण्डारी खरेल , सियारी -५ का वडा अध्यक्ष धनपती खरेल ,नागरिक बहुउद्देश्यीय सहकारीका अध्यक्ष राजकुमार घिमिरे ,संचयका सल्लाहकार मिनप्रसाद भट्टराई ,प्रेमबहादुर रोकाहा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को ३३ करोड ७९ लाख २३ हजार ३ सय ८० रुपैया ४९ पैसा बराबरको आय व्यय पारीत गरेको छ।
साधारण सभामा विरेन्द्र मावि अन्तरगत रहेका फरक क्षमता भएका दृस्टी विहिन छात्र छात्रालाई न्यानो कपडा (हुड ) वितरण गरिएको थियो ।सम्मान कार्यक्रम अन्तरगत जेष्ठ नागरिकहरुलाई दोसल्ला एवं प्रमाणपत्रले सम्मान गरिएको छ।
साधारण सभामा सहकारीका कार्यवाहक अध्यक्ष भागिरथ पाण्डेबाट वार्षिक प्रतिवेदन , लेखा समिती संयोजक थमन बहादुर पौडेलबाट लेखाप्रतिवेदन प्रस्तुत गरिएको थियोे भने ॠण उपसमिति संयोजक लेखनाथ भुसालबाट ॠण कारोबार सम्बन्धि नियम बारे जानकारी गराइएको थियो ।
सस्थाका कार्यवाहक अध्यक्ष भागिरथ पाण्डेको अध्यक्षता, सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीको प्रमुख आतिथ्यता, सहकारीका कोषाध्यक्ष पार्वती बुढाथोकीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन संचालक समिति सदस्य तिला पराजुलीले गर्नुभएको थियो ।