बुधबारको फर्साटिकर कपमा सुनौलो संगम

मेचीकाली संवाददाता

११ पुष २०८०, बुधबार
137 shares


तुलसीराम पौडेल —
रुपन्देही ,पौष ११

रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष ९ गतेदेखि संचालित शुद्दोधन गाउँपालिका ११ औं फर्साटिकर कप प्रतियोगिता अन्तरगत बुधबारको खेलमा सुनौलो संगम विजयी भएको छ। सुनौलो संगम देविनगर भर्सेस झरना स्पोर्ट्स कुन्जलापुर बीच भएको प्रतिस्पर्धामा सुनौलो संगम दुइका विरुद्ध तीन गोलको अन्तरले झरना स्पोर्ट्स कुन्जलापुरलाई पराजित गरि विजयी भएको हो ।
खेल शुरु भएको ३३ औं मिनेटमा सुनौलो संगमका जर्सी नम्बर ८ का मोहन थापाले पहिलो गोल गरि खाता खोलेका थिए । त्यसै गरि सोही टिमकै जर्सी नम्बर १२ रितेश मल्ले खेल शुरु भएको ३९ मिनेटमा दोस्रो गोल र ६३ औ मिनेटमा टिमको तर्फबाट तेस्रो गोल हानी टिमलाई विजयी गराएका थिए ।
झरना स्पोर्ट्स कुन्जलापुरका जर्सी नम्बर १४ का रोशन थापाले ७९ औं मिनेटमा टिमको लागि पहिलो गोल र सोही टिमका जर्सी नम्बर -९ का कमल भट्टराईले ९०थप २ औ मिनेटमा दोस्रो गोल हान्न सफल भएका थिए ।बुधबारको खेलको म्यान अफ द म्याच सुनौलो संगम जर्सी नम्बर २ का जितेश गुरुङ घोषित भए । क्लबका संरक्षक चक्रबहादुर कुवरले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।