भृकुटी कृषि सहकारीको अध्यक्षमा चन्द्र जिसी

मेचीकाली संवाददाता

२९ पुष २०८०, आईतवार
312 shares

तुलसीराम पौडेल
रुपन्देही ,पौष २८
रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित भृकुटी कृषि तथा पशु विकास सहकारी संस्थाको अध्यक्षमा चन्द्रबहादुर जिसी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
भृकुटी कृषि तथा पशु बिकास सहकारी संस्थाको शनिबार सम्पन्न १७ औं वार्षिक सभा तथा छैठौं अधिवेशनबाट जिसि सर्वसम्मत निर्वाचित भएको हो ।जिसी नेपाल सरकारबाट अवकाश प्राप्त कृषि अधिकृत हुनुहुन्छ ।
त्यसै गरि सहकारीको उपाध्यक्षमा ध्रुव नेपाल ,सचीवमा श्रीराम न्यौपाने ,कोषाध्यक्षमा दुर्गा देवि पौडेल , सदस्यहरुमा हरिकला शर्मा ,मन्जु कंडेल ,सुमित्रा ज्ञवाली ,पार्वती गौतम ,रामप्रसाद घिमिरे ,रामकृष्ण चापगाई र ममती खवास सर्वसम्मत हुनुभएको छ।त्यसै गरि लेखा समिती संयोजकमा सुमन घिमिरे सदस्यहरुमा अशोक रिजाल र गायत्री भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको छ।
कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष अविराम विकको अध्यक्षता र सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सियारी वाड नम्बर ६ का अध्यक्ष शेरबहादुर गुरुङ ,जिल्ला सहकारी संघका सदस्य हुमकान्ती भुर्तेल ,समीप बचत तथा ॠण सहकारीका अध्यक्ष सुर्यनारायण
यादव ,शुद्दोधन बचत तथा ॠण सहकारी संस्थाका व्यवस्थापक सुमन घिमिरे ,भृकुटी कृषि सहकारीका संस्थापक सचिव हिरालाल ज्ञवाली ,द्वारिका कृषि सहकारीका अध्यक्ष खगुपती न्यौपाने ,अविनाश वचत तथा ॠण सहकारीका अध्यक्ष बिष्णु घिमिरे ,स्वालम्बन दुग्ध सहकारीका सचिव दिपक भट्टराई ,नारी एकता महिला बिकास वचत तथा ॠण सहकारीका अध्यक्ष सरस्वती भट्टराई ,उत्तम महिला कृषि सहकारीका अध्यक्ष बिष्णु कुमारी क्षेत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रममा जेष्ठ नागरिक ,असल बचतकर्ता ,उत्कृष्ट कृषक लगायतलाई सम्मान गरिएको थियोे ।
भृकुटी कृषी सहकारीका निवर्तमान अध्यक्ष अविराम विकको वार्षिक प्रतिवेदन प्रस्तुत ,निवर्तमान कोषाध्यक्ष
श्रीराम न्यौपानेको आर्थिक प्रतिवेदन प्रस्तुत ,निवर्तमान लेखासमिती संयोजक ॠषि न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको थियोे ।
निवर्तमान उपाध्यक्ष चन्द्रबहादुर जिसिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन इन्द्रा रानाभाटले गर्नुभएको थियोे ।