भारत भ्रमणमा गएको उद्योग व्यापार संघ कपिलवस्तुको टोलि नेपाल फर्कियो

मेचीकाली संवाददाता

८ माघ २०८०, सोमबार
602 shares

पार्वती आचार्य

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको पहिलो अन्तराष्ट्रिय अध्ययन अवलोकन भ्रमण टोलि पाँच दिनको भ्रमण पश्चात आईतबार नेपाल फर्किएको छ । माघ ३ गते कपिलवस्तुबाट हिडेको भ्रमण टोलिले दिल्लीका बिभिन्न स्थानहरुको अध्ययन अवलोकन गरेको उद्योग व्यापार संघ कपिलवस्तुले जनाएको छ । भ्रमणका क्रममा सिकेका प्रविधिहरुलाई आफ्नो जिल्लामा व्यवसायको रुपमा व्यवहारमा ल्याउने संघले जनाएको छ ।

सो अवसरमा उद्योग व्यापार संघ , कपिलवस्तुले गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलको संचालन , कपिलवस्तुमा लगानी , सिमापार ब्यापार , तिलौराकोटमा भारतिय साधन मार्फत आउने पर्यटकका लागि नेपाली गाइड अनिबार्य हुनुपर्ने लगायतका बिषयमा कुटनैतिक पहल गर्न दूतावासलाई ध्यानाकर्षण गराएको उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिनु भयो । दूतावासले उद्योग व्यापार संघ कपिलवस्तुले उठाएका बिषयहरुमा गम्भीर ध्यानाकर्षण भएको र उच्चस्तरमा पहल गरिने आश्वासन प्राप्त समेत भएको संघका अध्यक्ष पौडेलले जनाउनु भयो ।

उद्योग ब्यापार संघ , कपिलवस्तुलाई दूतावासले गरेको उच्च सम्मान सहित स्वागत सम्मानले संघलाई थप हौसला मिलेको बताउँदै यस्ता कार्यक्रमले दुई देश बिचको आपसी सम्बन्ध सुमधुर बनाउन र कपिलवस्तुमा लगानीको बाताबरण बनाउन मदत मिल्ने संघले अपेक्षा गरेको छ ।

उद्योग व्यापार संघ , कपिलवस्तुले भ्रमणको अवसरमा उच्च संमान स्वागत र समय उपलब्ध गराएकोमा कार्यबाहक राजदुत डा. सुरेन्द्र थापा , इकोनोमिक मिनिस्टर तारा अधिकारी , इकोनोमिक काउन्सलर बद्री तिवारी लगायत सम्पुर्ण दूतावास परिबार प्रती हार्दिक आभार एबम धन्यवाद ब्यक्त गरेको छ । आगामी दिनहरुमा पनि अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वय गरेर अध्ययन अवलोकन भ्रमणलाई निरन्तरता दिनुका साथै अन्तराष्ट्रिय संघ संस्थालाई कपिलवस्तु जिल्लाको बिभिन्न पर्यटकीय क्षेत्रहरुमा अवलोकन गराउने संघको भ्रमण पश्चातको समिक्षामा निष्कर्ष निकालिएको संघका महारसचिव बासुदेव खनालले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा उपाध्यक्ष गिता देवी पौडेल, महासचिव बासुदेब खनाल, कोषाध्यक्ष सालिकराम आचार्य , संघका निवर्तमान अध्यक्ष हुमनाथ पौडेल , नेपाल उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य रेवता पौडेल, गिरिराज पौडेल , अर्जुन सापकोटा, भरत पोख्रेल, लेखा संयोजक बिस्नु सापकोटा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । भने भ्रमण एकदमै उपलब्धि रहेको संघका अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।