बेमौसमी तरकारी खेती तालिम सम्पन्न

मेचीकाली संवाददाता

१२ माघ २०८०, शुक्रबार
263 shares

पार्वती आचार्य

कपिलवस्तु । माघ १० गतेदेखि शुरु भएको तिनदिने बेमौसमी तरकारी खेती तालिम शुक्रबार सम्पन्न भएको छ । श्री सिद्धिपुर समाजिक महिला बिकास संस्था बाणगंगा ४ ठाकुरापुरको आयोजनामा तथा बाणगंगा नगरपालिका वडा नं. ४ को सहयोगमा संचालन भएको बेमौसमी तरकारी खेती तालिम वडा नं. ४ को वडा कार्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वडा नं. ४ का वडा सदस्य चिन्कु थारुले तिनदिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन सहभागिहरुलाई आग्रह गर्नुभयो । व्यवसायी मूलक उत्पादन गर्नुपर्ने आजको आवश्यकता भएको हुँदा अर्गानिक उत्पादन तर्फ किसानहरुले ध्यान दिन जरुरी भएको बताउनु भयो ।

महिलाहरुलाई लक्षित गरेर संचालन गरेको बेमौसी तरकारी खेती तालिमबाट उत्पादन मुखि व्यवसायी बन्न आग्रह गर्दै सम्पूर्ण सहभागिहरुलाई शुभकामना दिनु भयो । किसानहरुले मिहिनेतका साथ उत्पादन गरेता पनि उत्पादित सामाग्रीहरुको बजार मूल्य नपाउँदा कृषकहरुले घाटा व्यहोर्नु परेको बताउँदै कृषि प्राविधिकबाट सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन आग्रह गर्दै उत्पादन मुखी हुनुपर्नेमा जोडदिनु भयो ।

स्वास्थ्यको लागि अर्गानिक तरकारी खेती उत्पादन गर्नुपर्ने र सदाबहार उत्पादन हुने बेमौसमी तरकारी खेतीलाई व्यवसायीक रुपमा संचालन गर्न सके आर्थिकमा समेत संमृद्धि हुने वडा सदस्य थारुले बताउनु भयो । व्यवसायी रुपमा उत्पादन बढाउँदै लैजान सके अगामी दिनमा वडाको साथ सहयोग रहेने बताउनु भयो ।

कृषि बिकास शाखा प्रमुख लेष बहादुर केसीले सहभागिहरुले तालिममा सिकेका बिषयहरुलाई व्यवहारमा ल्याउन सके लगानी खेर नजाने बताउनु भयो । कृषि व्यवसायलाई अगाडी बढाउन उत्पादन तर्फ लाग्नुपर्ने बताउँदै बिउविजन खरिद गर्दा एग्रोभेटबाट खरिद गर्न आग्रह गर्नुभयो । कृषि व्यवसायीहरुले बिमा गर्दा उपयुक्त हुने प्रमुख केसीले बताउनु भयो । कृषिको क्षेत्रमा कुनै समस्या भए कृषि शाखाको सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

संस्थाका अध्यक्ष सितादेवी न्यौपानेले संस्थाको स्थापनाकाल देखि नै महिलाहरुलाई शसक्तिकरण गर्न बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो ।

संचारिका समूह शाखा अध्यक्ष पार्वती आचार्यले महिलाहरु व्यवसाय तर्फ केन्द्रित भए आर्थिक उत्पादनमा बृद्धिहुनुका साथै महिलाहरु आर्थिक रुपमा शसक्तिकरण भए बिभिन्न हिंसा भोग्न नपर्ने बताउनु भयो । तिनदिन सम्म सिकेको सिपलाई व्यवहारमा ल्याउन र व्यवसायीक रुपमा उत्पादनलाई बढाउन सहभागिहरुलाई आग्रह गर्दै उत्पादित सामाग्रीहरुको संचारमाध्यमबाट प्रचारप्रसार गरी सहयोग गर्नेमा जोडदिनु भयो ।

सहभागि रिता थारुले तिनदिन सम्म कृषि सम्बन्धि धेरै बिषयहरुमा सिक्न र जान्न पाउँदा खुशी व्यक्त गर्दै बेमौसमी तरकारी खेती गर्दा बिभिन्न विधिहरुलाई सबैले प्रयोग गर्नुपर्ने बताउनु भयो । आफूले सिकेको कुरालाई व्यवहारमा ल्याउने प्रतिवद्धता समेत जनाउनु भयो ।

तालिममा कृषि बिमा , तरकारी माटो व्यवस्थापन , रोग किरा व्यवस्थापन , बेमौसमी तरकारीको महत्व तथा प्रविधि , नर्सरी व्यवस्थापन , झोलमोल , बिरुवाको खाद्य तत्व व्यवस्थापन लगाएतको बिषयमा कृषि बिकास शाखा अधिकृत लेष बहादुर केसी , कृषि अधिकृत धनिराम आचार्य , सन्तोष कुमार भुसाल , निरुता पौडेल र कृषि प्राविधिक पदमलाल घिमिरेले वडा नं. ४ का २५ जना कृषि व्यवसायी महिलाहरुलाई सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष सितादेवी न्यौपानेको अध्यक्षतामा संस्थाका सचिव सुनिता सेनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदार , सह सचिव अप्सरा अधिकारी , धना बञ्जाडे , अनिता बाकाबल र मिना गैरे लगाएतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई कृषि औजार र बिउबिजन हस्तान्तरण गरिएको थियो ।