लुम्बिनी वाणिज्य क्याम्पसमा स्ववियुद्धारा नवआगन्तुक बिद्यार्थीहलाई स्वागत

मेचीकाली संवाददाता

१९ माघ २०८०, शुक्रबार
199 shares

बुटवल । स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) लुम्बिनी वाणिज्य क्याम्पसले प्रथम वर्ष र प्रथम सेमेस्टरमा अध्यानरत नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा सम्पन्न गरेको छ । कार्यक्रम स्ववियु अध्यक्ष बिजय कार्कीको अध्यक्षता, लुम्बिनी वाणिज्य क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको प्रमुख आतिथ्यता तथा त्रिभुवन युनिभर्सिटी बिद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालय निर्देशक प्रोफेसर पशुपति अधिकारीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पसका अध्यक्ष पाण्डेले नवआगन्तुक बिद्यार्थीहरु, सन्चालक समिति, क्याम्पसका प्रध्यापक र बिद्यार्थीहरु बिच एक आपसमा चिनजान गर्ने अवसर प्रदान गरेकोमा स्वतन्त्र बिद्यार्थी युनियनलाई धन्यवाद दिए । स्वतन्त्र बिद्यार्थी युनियनले बिद्यार्थीहरुका हरेक समस्याहरुको समाधान गरि गुणस्रितय शिक्षाको निम्त्ती पहल गर्न आग्रह गरे ।
विगत देखि नै स्वतन्त्र विद्यार्थी युनियले विद्यार्थीको हक हितको निम्ति खेलेको भुमिका उल्लेखनीय रहेको बताए । यस क्याम्समा विगतका बर्षहरुमा अध्यायन अध्यापनको क्षेत्रमा प्रथम हुदै आएको हुदा सोहि अनुसार बिद्यार्थीहरुलाई लगनशिल भएर आफ्नो शिक्षण पेसामा लाग्न आग्रह गरे ।

सोहि अबसरमा बोल्दै त्रिभुवन युनिभर्सिटी बिद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालय निर्देशक प्रोफेसर पशुपति अधिकारीले स्वतन्त्र बिद्यार्थी युनियनले बिद्यार्थीको अध्ययन सँगै क्याम्पसको बिकासको निम्ती महत्वपूर्ण भुमिका खेलेको बताए । युनियनले आफ्नो मर्यादालाई कायम राखि क्याम्पसको हितका निम्ती लाग्न आग्रह गरे ।

कार्यक्रममा क्याम्पस सहायक प्रमुख प्राध्यापक महेशप्रसाद चौधरी कुर्मी लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सम्पुर्ण बिद्यार्थीहरुको अभिभाबक्त्व स्ववियुले गर्ने भन्दै बिद्यार्थीको हक अधिकारको संरक्षण गर्दै क्याम्पसको प्रगति र उन्नतिमा सधै सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा विभिन्न संगठनका नेताहरु, क्याम्पसका सम्पुर्ण बिद्यार्थी, कर्मचारी, प्राध्यापक, समाजसबी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम स्ववीयु सचिव निराजन खरेलको सञ्चालनमा सम्पन्न भएको थियो