अवकासपछिको व्यवसायमा जमेका परसुराम

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
132 shares

सुनिल आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिका–३ राजापानीका परसुराम रौतार २०७२ सालदेखि आफ्नै व्यवसायमा सक्रिय छन् । पेशाले शिक्षक रौतार ०७२ साल वैशाख ७ गते २२ वर्षको सेवापश्चात् अवकास भए । सोपश्चात् केही गर्नुपर्छ भन्ने उद्देश्यले राजापानी फेमिली रेष्टररेन्ट सहित माछापालन सुरु गरे । आफ्नो जागिर कपिलवस्तु जिल्लाभन्दा बाहिर भएको हुँदा अवकाशपश्चात आफ्नो जन्म जिल्लामा नै केही गर्नुपर्छ भनेर ०७२ साल भदौ ५ गते डेढ बिगाहा जग्गा लिजमा लिई माछापालन सुरु गरको बताउँछन् ।

आफ्नो पढाइदेखि जागिरसम्म पाल्पा जिल्लामा २६ वर्ष बिताएका रौतार २०५० साल साउन २६ गते देखि शिक्षकको स्थायी नियुक्ति प्राप्त गरी २२ वर्ष नै पाल्पा जिल्लाको विभिन्न दुर्गम ठाउँहरुमा १२ घण्टा पैदल हिँडेर सेवा दिएको बताउँछन् । अवकास पछि व्यवसाय सुरु गरेका रौतारले व्यवसायलाई २०७५ साल कार्तिकमा थारु भिलेजको नाममा कम्पनी दर्ता गरी ०७६ सालमा शिलान्यास गरी मंसिर देखि विधिवत रुपमा शुरुवात गरेको रौतारले बताए ।

महेन्द्रराज मार्गदेखि ५ किलोमिटर दक्षिण क्षेत्रको राजापानीमा सञ्चालन गरिएको यस राजापानी थारु भिलेज १५ कट्ठा आफ्नै जग्गामा सञ्चालन गरिएको छ । बाणगंगा–११ हथौसामा ५ बिगाहा जग्गा लिजमा लिई माछा पालन गरेका छन् । उक्त माछा पालनको रेखदेखका लागि दुई जना कर्मचारी राखिएको छ । यस थारु भिलेजमा ८ जनालाई रोजगारी पाएका छन् । खानाका परिपारहरुमाः थारु परिकारहरु जस्तै ः ढिकरी र सिद्राबाट अतिथिहरुलाई स्वागत गरिन्छ भने जिउँदो माछा रोजेर, स्टीम माछा, फ्राई माछा, ग्रेवी माछा, लोकल भाले, हाँसको छोइला, घोंगीलगाएतका परिकारहरु ताजा र फे्रस बनाइन्छ । आधुनिक प्रधानमन्त्री कार्यक्रम परियोजनाबाट नयाँ माछा पोखरी निर्माण गर्दा राज्यबाट रु.८ लाख रुपैंया अनुदान पाएको बताए । यस्तै सिंचाइको लागि बोरिङ, माछा हार्भेष्ट गर्न जाल र डिजिटल तराजु अनुदान प्राप्त गरेको बताउँछन् ।

यस व्यवसायलाई अझै फराकिलो बनाउन राज्यले दिने बैंकको लोनको व्याजदर सेवालाई घटाउन सके व्यवसायलाई पनि बढाउन सकिने र कर्मचारीहरुको संख्यालाई पनि वृद्धि गर्न सकिने छ । पछिल्लो समयमा युवाहरु वैदेशिक रोजगारका लागि देश बाहिर जान बाध्य छन् । व्यसायलाई राम्रो बनाउने र स्वदेशमानै स्वरोजगार दिन सक्ने हो भने नेपालका युवाहरु जोखिम पूर्ण रुपमा विदेशिनु नपर्ने रौतारको भनाइ छ ।

यस थारु भिलेजका सञ्चालक नवलराज रौतारको कोभिड १९ बाट २०७८ वैशाख १० गते असामयीक निधनपश्चात् निजको श्रीमती सुनिता चौधरी भान्सामा आफैँ थारु परिकार पकाई अतिथिहरुलाई थारु स्वादमा खाना खुवाउने गर्दछिन् । जसले अतिथिहरु खानाबाट प्रभावित भएर खानाको स्वाद नै बेग्लै भएपछि अतिथिहरु दोहोरिएर थारु भिलेज राजापानी प्रालिमा आउने गरेको सुनिता चौधरी बताउँछिन् । परिकारहरुको स्वाद लिन जिल्लाभन्दा बाहिरदेखि समेत आउने गर्दछन् । भैरहवा, रुपन्देही, नवलपरासी, चितवन, दाङ, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट आउने हुनाले बिदाको दिनहरुमा एकदमै भिड हुने गर्दछ ।

थारु भिलेजमा भिड बढी हुनुको कारण जिउँदो माछा, घरायसी थारु स्वादसहितको ट्वाक्क पिरो थारु स्वादमा खान पाइने भएकोले यहाँ भिडभाड हुने गर्दछ । पर्यटक क्षेत्रको रुपमा चिनिने राजापानी हाइवे देखि ५ किलोमिटर दक्षिणमा पर्दछ । वरपर हरियाली जंगलको रमणीय वातावरणसंग रमाउन आउने पर्यटकहरु यस थारु भिलेज राजापानी प्रालि आउने गर्दछन् । थारु भिलेजमा कार्यक्रम सञ्चालन गर्न हलको व्यवस्था छ, खान बस्नको राम्रो व्यवस्था छ, एसी र ननएसी रुमको व्यवस्था छ । राजापानी पर्यटक क्षेत्रको निजी थारु कल्चरको नृत्यहरु प्रस्तुत गरिन्छ ।