ज्ञानगंगा अन्डर–१६ रनिङ शिल्ड ब्याड्मिन्टन प्रतियोगिताको उपाधि एभरेष्टलाई

मेचीकाली संवाददाता

५ फाल्गुन २०८०, शनिबार
83 shares

बुटवल । ज्ञानगंगा अन्डर–१६ रनिङ शिल्ड ब्याड्मिन्टन प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ स्कुलले जितेको छ । शनिवार तिलोत्तमास्थित ज्ञानगंगा पाठशालाको खेल मैदानमा भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिक बोर्डिङ स्कुल द्वितिय तथा नमुना बोर्डिङ स्कुल सेमरा र ज्ञानगंगा पाठशाला तृतिय भएका छन् ।

सञ्चालक समितिका अध्यक्ष रिषिराम पाण्डेले प्रथम हुनेलाई १० हजार, द्वितियलाई ६ हजार र तृतीय हुनेलाई २/२ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । बिगत ३ वर्षदेखि प्रतेक वर्ष विद्यालयको वार्षिक उत्सवको अवसरमा ज्ञानगंगा पाठशालाले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा रुपन्देही जिल्लाबाट १६ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कुलचन्द्र पुरीले गरेका थिए ।