नमस्ते नेपालद्धारा बुटवल–मणिग्राम रोड रेस सम्पन्न

मेचीकाली संवाददाता

७ फाल्गुन २०८०, सोमबार
204 shares

बुटवल । नमस्ते नेपालको आयोजनामा ७४ औँ प्रजातन्त्र दिवसको दिवसको अवसरमा बुटवलको राजमार्ग चौराहादेखि मणिग्रामसम्म रोड रेस कार्यक्रम सम्पन्न भएको छ । सामाजिक एवं युवा लक्षित कार्यक्रममा लामो समयदेखि सक्रिय रहँदै आएको नमस्ते नेपालको केन्द्रिय कार्यसमितिको आयोजनामा खेलकुद क्षेत्रको पहिलो कार्यक्रमको रुपमा रोड रेस कार्यक्रम गरेको हो ।

नमस्ते नेपाल केन्द्रिय कार्यसमितिका अध्यक्ष मनिष भुसालको अध्यक्षता सम्पन्न भएको रोड रेस कार्यक्रममा ५५ जना भन्दा बढी धावकको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य सचिव जयप्रकाश भट्टराईले धेरै युवाहरुलाई गोलबन्द गराइ लामो समयदेखि युवा सरोकारको क्षेत्रमा काम गर्दै आएको संस्थाले प्रजातन्त्र दिवसको अवसर पारी खेलकुद लक्षित कार्यक्रम रोड रेस गरेकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्को तर्फबाट सक्दो सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

चौराहादेखि तिलोत्तमाको मणिग्रामसम्मको दूरीमा भएको रोड रेसमा प्रथम उमेश बराइ, द्वितीय सचिन कुर्मी र तृतीय स्थान बिजय चापागाइले हात पारे भने बिजेतालाई क्रमशः नगद रु पन्ध्र हजार, दश हजार र पाच हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी ५५ जना सबैलाई सहभागीताको प्रमाण पत्र र ब्ल्याक हर्स सुजको तर्फबाट टिसर्ट प्रदान गरिएको थियो ।

नमस्ते नेपालका उपाध्यक्ष सुसिल सुवेदीको स्वागत, संस्थापक अध्यक्ष अर्जुन खरेलको शुभकामना मन्तव्य र सचिव सन्दिप पौडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा युवा नेता यम पाण्डे, क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसी, सञ्चारकर्मी आबिस्कार खनाल, विद्यार्थी नेता शेसकान्त पोखरेललगायतको सहभागीता रहेको थियो ।