४२औं मगर एकता दिवस सराईमा मनाउँदै

मेचीकाली संवाददाता

८ फाल्गुन २०८०, मंगलवार
118 shares


नेत्र गैरे

पाल्पा । नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाले ४२औं मगर एकता दिवस आउँदो फागुन १५ गते मनाउने भएको छ ।

मगर एकता दिवसको बारेमा जानकारी दिदै नेपाल मगर संघ लुम्बिनी प्रदेश सचिव तेजबहादुर घर्ती मगरले मगर समुदायको भाषा संस्कृति संरक्षण र सभ्यता, अन्य समुदाय बीचको सम्बन्ध विस्तार, हार्दिकता र एकतालाई थप मजबुत बनाउँदै मगर समुदायको भाषा संस्कृति संरक्षण गर्दै जातीय, साँस्कृतिक, भेषभुषा, खानपिनसहित झ्याकी ¥यालीको प्रदर्शनी सहित मगरहरूको गुमेको राजनीतिक अधिकारहरू स्थापना गर्नु नै दिवसको मुख्य उदेश्य रहेको बताए ।
उनले यो दिवसले अन्य समुदायलाई मगरको संस्कृति, संस्कार र सभ्यतालाई बुझ्न सजिलो हुने बताउँदै सबैको सहभागीताको लागि हुन अनुरोध गरेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार भगवान भण्डारी ,कमलराज तिमिल्सिना माधव अर्याल ,नारायण न्यौपाने,यज्ञमूर्ति तिमिल्सिना,बिष्णु खनाल,सुनिल कार्की ,अनिल लिगल र पदम गैरेले आ–आफ्नो धारणा सहितको जिज्ञासा राखेका उठेका जिज्ञासालाई कार्यक्रमका अध्यक्ष एवं नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाका अध्यक्ष भेगराज थापा मगरले जवाफ सहितको सम्वोधन गर्दै प्राचीन मगर संस्कृतिको पहिचान, बालविवाह न्यूनिकरणमा सहयोग, शिक्षामा प्रोत्साहन,मगर एकताका, भाषा संरक्षण गर्ने उद्धेश्यले दिवश मनाउँदै आएको बताए ।


सोहि अवसरमा नेपाल मगर संघ माथागढी गाउँ समितिद्धारा एक बिज्ञप्ती बितरण गरिएको थियो । बिज्ञप्तीमा लुम्बिनी प्रदेशको एतिहासिक , धार्मिक , पर्यटकीय दृष्टिले अत्यन्तै रमणीय जिल्ला पाल्पाको माथागढी वडा नं ३ सराई फुलबारी स्थित लखन पार्कमा नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाको आयोजना र माथागढी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय कडेवा पाल्पाको सहयोगमा यही मिति २०८०÷११÷१५ गते मगर दिवस भव्य र सव्य रुपमा मनाउन गई रहेका छौं । विस २०३९ साल फागुन १४ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउन थालेको हो ।


मगर दिवसमा एकआपसको सम्बन्ध विस्तार , हार्दिकता , एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न , गुमेको मगरात भूमि पुनः स्थापना गराउन , भाषिक सांस्कृतिक अधिकारहरु सुनिश्चित गराउन , जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउने लगायतका सवालमा सशक्त आन्दोलन गर्नमा थप ऊर्जा र उमंग दिने हेतुले मनाउन थालिएको हो । फागुन १५ मा सार्वजनिक बिदा , लखन थापालाई राष्ट्रिय विभूति , मगर समुदायको भाषा , संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि – सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएको संघले देश तथा विदेशम विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै आएको छ । यसै बिच २०८० फागुन १५ मा हुने मगर दिवस कार्यक्रममा माथागढी गाउँ पालिकाका ८ वटै वडाबाट मगर तथा गैर मगर समुदायको उपस्थितिमा जातीय , साँस्कृतिक , भेषभुषा , खानपिन सहि झाँकी प्याली प्रदर्शनी सहित औपचारिक तथा साँस्कृति कार्यक्रम रहने छ । भनिएको छ ।