मुक्तिनाथ बैंकद्धारा छात्रबृत्ति प्रदान

मेचीकाली संवाददाता

२४ फाल्गुन २०८०, बिहीबार
440 shares

बुटवल । मुक्तीनाथ विकास बैंक चौराहा शाखाले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत कालिकामानव ज्ञान विद्यालयमा कक्षा १२ मा अध्यनरत प्रशान्त पौडेल र कक्षा ११ मा अध्ययनरत भुमिका अर्याललाई छात्रबृत्ति प्रदान गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लगनशिल विद्यार्थीलाई एक बर्ष अध्ययन लागि आवश्यक पर्ने आर्थिक सहयोग गरेको बैंकका शाखा प्रमुख सरोज अर्यालले बताए । उनले हरेक बर्ष बैंकले यसरी आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई छात्रबृत्ती प्रदानगर्ने प्रतिवद्धता जनाएका छन ।

गत बर्ष प्रशान्त पौडेललाई मात्र छात्रबृत्तिप्रदान गरेको बैंकले यस बर्ष भने पौडेल र अर्याललाई प्रदान गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले क्षमतावान बालबालिकाहरुलाई अध्यनका लागि यस्ता सहयोगले ठुलो टेवा पुग्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक पिताम्वर बन्जाडे, शिक्षक सुदर्शन रेग्मी, बैंकका क्षेत्रीय बजारीकरण विभाग अर्चना क्षेत्री, शाखा प्रवन्धक सरोज अर्यालले लगायतले बोलेका थिए ।