वन व्यवस्थापन सम्बन्धि अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

२६ फाल्गुन २०८०, शनिबार
137 shares

पार्वती आचार्य

कपिलवस्तु । बुद्धभूमि नगरपालिका–१ टिक्करस्थित जुरपानी सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा वन व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय बडहरा अन्तरगतका सम्पूर्ण सामुदायिक वन व्यवस्थापन उपभोक्ता समितीका प्रमुख तथा प्रतिनिधिरु बिच आर्थिक बर्ष ०८०/०८१ मा वन व्यवस्थापन कार्यहरुको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका अध्यक्ष रेनु सेनले वन व्यवस्थापन गर्दा धेरै चुनौतिहरु भोग्नु परेको बताईन् । समस्याहरुलाई चिर्दै अगाडी बढ्न सके युद्ध जित्न सकिने बताउँदै दिगो वन भनेको एक सपना हो यसलाई पुरा गर्न वैज्ञानिक वनले नीती , कानुन बनाएर व्यवस्थापन गर्दै आएको बताईन् । राम्रो चिज प्राप्त गर्न धेरैको नजर लागेको हुन्छ त्यस्तै वैज्ञानिक वनलाई व्यवस्थित रुपमा संचालनमा ल्याउन थुप्रै कठिनाईहरु भोग्नु परेको बताईन । वनले गरेका कार्यहरुलाई आर्थिक रुपमा लेखा प्रर्णालीमा पारदर्शिताका साथ राख्न सके बिभिन्न समस्याहरुमा नफस्ने बताईन ।

सव डिभिजन बन कार्यालय वडहराका सहायक बन अधिकृत पहलमान सेर्मुजा मगरले सहभागिहरुले उठान गरेका जिज्ञासाहरुको बारेमा प्रष्ट पार्दै समग्र जिवप्राणीको संरक्षण र स्वास प्रस्वासको लागि वन संरक्षण गर्नुपर्ने बताए । वन व्यवस्थापन गर्दा नै काठको उत्पादनमा वृद्धि हुने हो । काठ बिक्रिबितरण गर्दा सबैले वनको विधि अपनाउनु पर्ने बताए ।

वन व्यवस्थापन भनेको वन सम्बन्धि नीती, नियम र ऐनमा रहेर काम गर्नु हो । वन सम्बन्धि भएको उत्पादन र आम्दानीलाई आर्थिक रुपमा पारदर्शिता राख्न दोहोरो लेखा प्रर्णाली राख्न सम्पूर्णमा आग्रह गरे । अतिक्रमण नियन्त्रण गर्नुपर्नेमा जोडदिंदै बन्यजन्तु संरक्षण गर्न वनमा रहेका खोला, खोल्सी व्यवस्थापन, पोखरी निर्माण लगाएतका कार्यहरु गर्नुपर्ने बिभिन्न सामुदायिक वनहरुले सहयोग गर्नुपर्ने बिषयमा जानकारी दिएका थिए ।

यसैगरी वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापाले नीती नियममा रहेर आफ्ना कार्यहरु गरे कुनै समस्या नआउने बताए । जव सम्म बिदेशी काठ नेपालमा भित्रिन रोक लाग्दैन तब सम्म स्देशमा उत्पादित काठ बिक्रिबितरणमा समस्या हुने बताए । वनमा हुने आगलागि नियन्त्रणका लागि फायरलाईनको व्यवस्थापन हुनुपर्ने बताउँदै वैज्ञानिक वन व्यवस्थापनमा जुनसुकै परिस्तिथीमा पनि लुम्बिनी प्रदेशको पूर्ण साथ सहयोग रहने जनाए ।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन केन्द्रिय सदस्य सुर्य मल्लले प्राकृतिक श्रोत भनेको सम्पदा होईन यो श्रोत हो यसलाई समयमानै व्यवस्थापन गर्न सक्ने हो भने सबैलाई फाईदा हुने बताए ।

यस्तै वैज्ञानिक वन व्यवस्थापन जिल्ला महासंघका अध्यक्ष शेषकान्त बेल्वासेले ०७७ जेठ १५ गते फेरी नफर्केला भन्न सकिदैन त्यस कारण सबै सामुदायिक वनहरु एकजुट हुनुपर्ने बताए । त्यस समयमा एक्कासी काठ दाउरामा रोक लगाउँदा सामुदायिक बनहरुले धेरै चुनौती खेप्न बाध्य भएको बताए ।

कार्यक्रममा भृकुटी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पशुपत्ति खनाल, जय वन शक्ति सामुदायिक वनका अध्यक्ष जिवन जिसी, बसन्तपुर सामुदायिक वनका अध्यक्ष पंचम सिंह बोगटी, कोटिहवा सामुदायिक वनका अध्यक्ष धर्मराज गैरे, देउराली सामुदायिक वनका अध्यक्ष बाल कृष्ण बेल्वासे, कपिलमुनि साममुदायिक वनका अध्यक्ष तारा बहादुर गुरुङ, देविस्थान सामुदायिक वनका अध्यक्ष राजेन्द्र कुवर लगाएतले वन सम्बन्धि बिभिन्न जिज्ञासाहरु राखेका थिए ।

जुरपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सालिकराम शर्माको अध्यक्षतामा कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहका सचिव तथा वैज्ञानिक वन जिल्ला महासंघका सदस्य कमला टण्डनको स्वागत मन्तव्य तथा जुरपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव सरिता खनालको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बडहरा सव डिभिजन वन कार्यालय अन्तरगतका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।