प्रेस चौतारी परमानन्द खरेल स्मृती पत्रकारीता पुरस्कारका लागि सम्झौता

मेचीकाली संवाददाता

२३ चैत्र २०८०, शुक्रबार
61 shares

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देही र स्वर्गीय परमानन्द खरेलका परिवार बीच पत्रकारीता पुरस्कार स्थापनाका लागि सम्झौता भएको छ । नेकपा एमाले रुपन्देहीका तत्कालिन प्रचार बिभाग प्रमुख स्वर्गीय परमानन्द खरेलको स्मृतीमा प्रेस चौतारी रुपन्देहीले स्थापना गर्न लागेको जनपक्षिय पत्रकारीता पुरस्कारका लागि सम्झौता भएको हो ।

पुरस्कारका कोष स्थापनाका लागि स्वर्गीय परमानन्द खरेलको तर्फबाट स्वर्गीय खरेलकी धर्मपत्नी रेनुका खरेल, उनका छोरा किरण खरेल एवं नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलम र प्रेस चौतारी रुपन्देहीका तर्फबाट प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल उपाध्यक्ष भगवती पाण्डे, सल्लाहकार मोहन चापागाई र दिनेश पाण्डेले हस्ताक्षर गरेका छन् ।

पुरस्कार कोषमा परमानन्द खरेलको परिवारका तर्फबाट पहिलो चरणमा एक लाख रुपैया र प्रेस चौतारी रुपन्देहीको तर्फबाट एक लाख थप गरी २ लाखको कोष बनाउने सम्झौता भएको हो । उक्त कोषमा क्रमस बृद्धी गर्दै लैजाने र कम्तीमा ५ लाख रुपैया कोषमा पुर्याई बर्षमा ५० हजार बराबरको पुरस्कार बितरण गर्ने सहमती भएको छ ।

संयुक्त रुपमा सञ्चालन हुने हुने परमानन्द खरेल स्मृती अक्षयकोषको ब्याज बाट मुलकको बिकास र समृद्धी संगै जनपक्षिय पत्रकारीता गर्ने एक बर्षमा एकजना रुपन्देहीका श्रमजिवी पत्रकारलाई बितरण गरीने प्रेस चौतारी अध्यक्ष पौडेलले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का स्थायी बासिन्दा स्वर्गीय खरेलले नेकपा एमालेको प्रचार बिभागमा रहदा पत्रकारीताको बिकासमा निकै महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

रुपन्देही उद्योग संघका तत्कालिन अध्यक्ष समेत रहेका खरेलको सम्मानमा स्थापना गरिएको पत्रकारीता पुरस्कारले रुपन्देहीका उद्योगीहरुमा समेत प्रेरणा र सम्मान भएको रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताए । नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी ईन्चार्ज मोहन चापागाईले परमानन्द खरेलको स्मृतीमा स्थापना गरिएको पत्रकारीता पुरस्कारले एउटा असल राजनितीकर्मीको सम्मान भएको बताए ।