आइसरको पहिलो बार्षिकोत्सवमा बृक्षरोपण कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

७ बैशाख २०८१, शुक्रबार
55 shares

बुटवल । नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेहिकलमा अग्रणी रहेको आइसरको पहिलो वार्षिकोत्सवको अवसरमा शुक्रबार वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा टंगालस्थित बतास अर्गनाइजेसनको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वृक्षरोपण कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, सरोकारवाला र समुदायका सदस्यहरूको सहभागीता रहेको थियो ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधता बढाउन रुखले महत्वपूर्ण भूमिका खेल्ने हुँदा वृक्षरोपण कार्यक्रम आयोजना गरीएको कार्यकारी निर्देशक दिपक अग्रवालले बताए । । ‘हाम्रो वृक्षारोपण कार्यक्रम मार्फत, आउने पुस्ताको लागि हरियाली र स्वस्थ भविष्य सिर्जना गर्दै हाम्रो वातावरणको संरक्षण र पुर्नस्थापनामा हरियाली कायम गरी योगदान गर्नेछ ।’ उनले भने ।

कार्यक्रममा सहभागीहरूले रुख रोप्ने, वनीकरणको महत्बारे जान्न र वातावरण संरक्षण सम्बन्धी अन्तरक्रियात्मक जनचेतनामुलक कार्यक्रममा संलग्न हुने अवसर पाएका थिए । ‘वृक्षारोपण कार्यक्रममा भाग लिएसँगै, हामी वातावरणमा सकारात्मक प्रभाव पार्न सक्छौं र पृथ्विमा हरियालीका लागि दिगो भविष्य सिर्जना गर्न सक्छौं ।’ कार्यकारी निर्देशक अग्रवालले प्रष्ट पारे ।

विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड आइशर BATASMAW ले आधिकारिक रूपमा बिक्रि गर्दै आईरहेको छ । आइशर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ Touch Point का साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।