निजामती कर्मचारी संगठन अर्घाखाँचीद्धारा छात्रवृत्ति वितरण

मेचीकाली संवाददाता

७ बैशाख २०८१, शुक्रबार
159 shares

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले ३४औं स्थापना दिवसको अबसरमा बिद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

संगठन स्थापना गरेको छात्रवृत्ति अक्षयकोषको रकमको व्याजबाट सन्धिखर्क नगरपालिका–२, चुत्राबेसीस्थित भगवती माध्यमिक बिद्यालय शंखेटारीमा कक्षा १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार छात्राहरु आकृति भुसाल र वर्षा रायमाझीलाइ क्रमशः तिनहजार र दुईहजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको संगठनका अध्यक्ष गणेश भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय सदस्य दिलिप केसीले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत प्रशासनिक संघीयता कार्यान्वयन गर्ने संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुले बदलिदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको बताए । पेशागत अधिकारका लागि पनि एकजुट हुनुपने अबस्था आएको उनले बताए । कार्यक्रममा संगठनका उपाध्यक्ष तुलशा श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

साथै सोहि बिद्यालयमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई कक्षा ११ का विद्यार्थीले विदाई गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धुब केसी, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्यामबहादुर भुसाल लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रम संगठनका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा सचिव पशुपति खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।