बगनासकाली गाउँपालिकाका सबै वडाहरुमा टोल बिकास सस्थाहरु गठन

मेचीकाली संवाददाता

२७ श्रावण २०७९, शुक्रबार
394 shares

पाल्पा । बगनासकाली गाउँपालिकाका सबै वडाहरुमा टोल बिकास सस्थाहरु गठन गरिएको छ । स्थानिय बिकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, सास्कृतिक लगायतका बिकासका सबै पक्षमा दिगोपना र अपनत्व सृजना गर्न निश्चित भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरुको सहभागितामा वडाकार्यालयको सहयोगीको रुपमा टोल बिकास सस्ंथाको गठन र परिचालनका लागि आवस्यक कानुनी व्यवस्थागर्न प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ बगनासकाली गाउँपालिकाले स्वीकृत गरे पछि पालिकाका ९ वटै वडाका टोल टोलहरुमा टोल बिकास संस्थाहरु गठन गरिएका छन् ।


गाउँपालिकाको वडा नम्बर ५ को साबिक दर्लमडाँडा गाउँ बिकास समितिका सबै साविक वडाहरुमा समिति गठन गरिएको छ । दर्लम महाकाली टोल बिकास संस्थाको अध्यक्षमा मुक्तिराम शर्मा, ंरामनदीधामको अध्यक्षमा शिवहरी अमात्य, कानुङ तल्लोकोलडाँडाको अध्यक्षमा मोहन बहादुर थापा, लाफा टोल बिकास संस्थाको अध्यक्षमा शिव बहादुर आले, सुनादीको अध्यक्षमा डिला भट्टराई, गरनडाँडाको अध्यक्षमा बुद्धि प्रसाद बस्याल, दरुङ्गाको अध्यक्षमा श्याम प्रसाद अर्याल र गेझाठाँटी टोल बिकास सस्ंथाको अध्यक्षमा अग्नीधर न्यौपाने चयन भएको वडा कार्यालय दर्लमडाँडाले जनाएकोछ । साबिक ३ नम्बरको लाङघाली टोल बिकास सस्थाको गठन छिट्टै गरिने बडाध्यक्ष ओम प्रकास गैरेले बताए ।


टोल बिकास सस्था गठनगर्न वडाध्यक्ष ओम प्रकाश गैरे, गाउँपालिका आर्थिक संयोजक खुमादेवी भट्टराई लगायत वडा सदस्यहरुको सक्रियताका साथ उपस्थिती रहेको वडाध्यक्ष गैरेले बताए ।