जनताका आधारभूत मुद्धाको सम्बोधनबाट मात्र समाजबाद उन्मुख समाज निर्माण हुने ः बिष्ट

मेचीकाली संवाददाता

२९ श्रावण २०७९, आईतवार
447 shares


नेत्र गैरे
पाल्पा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले जनताका आधारभूत मुद्धाहरुको सम्बोधनबाट मात्र समाजबाद उन्मुख समाज निर्माण गर्न सकिने हँुदा जन उत्तरदायी सरकार निर्माणका लागि आगार्मी िनर्वाचनमा एमालेको जीत आवस्यक रहेको बताए । नेकपा एमाले जिल्ला कमिटि पाल्पा द्धारा तानसेनमा आयोजित जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले शान्तीपुर्ण प्रक्रिया मार्फत आधारभुत वर्गलाई माथी उठाउन पार्टी पंक्तिलाई एकताबद्ध बनाएर स्थानियतहको निर्वाचन परिणामबाट शिक्षा लिदै आउँदो र्निवाचनमा पहिलो शक्तिकोरुपमा एमाले बनाउन सबै लाग्नुपर्ने बताए । आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ भएको उनको भनाई थियो ।


प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल बिश्वकर्माले स्थानियतहमा बिजेता जनप्रतिनिधिहरुलाई बधाई दिदै स्थानिय तहको निर्वाचनमा एमालेको मत अगाडी नै रहेको र आउदो चुनाबमा पनि जीत हासीलगर्न उत्साहका साथ लाग्न कार्यकर्ताहरु लाई अपिल गरे ।


पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज दल बहादुर रानाले समाजबादको आधार तयारगर्न तीनै तहका सरकारको महत्वपुर्ण भूमीका रहने हुँदा जन प्रतिनिधि र पार्टी नेतृत्व बिचको सम्बन्ध र सहकार्य आवस्यक रहेको बताए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा पाल्पा ईन्चार्ज ठाकुर गैरेले आउदो निर्वाचनमा राष्ट्रियता प्रजातन्त्र र स्वाधिनता जोगाउने पार्टी र पात्र मुलुकलाई आवस्यक रहेको बताए । उहाँले सामाजिक न्याय र लोकतन्त्रको पक्षमा एमाले रहेको हुँदा आउँदो निर्वाचनमा बिगतका कमि कमजोरीबाट पाठ सिक्दै अघि बढनुपर्ने बताए ।


प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कडेलले नेकपा एमाले प्रती जन आकर्षण बढेको बताउनु भयो । स्थानिय निर्वाचनमा संख्याको आधारमा दोस्रो भएपनि मतको आधारमा पहिलो पार्टी रहेको हुँदा एमालेप्रति जनताको बिश्वास र भरोसा कायमै रहेको उहाँले बताए ।

केन्द्रिय अनुशासन आयोगका सदस्य झपेन्द्र जि.सीले पार्टी अनुशासन सम्बन्धी प्रशिक्षण दिदै राजनितीमा जित्नेगरि योजना बनाउँदै पार्टीको निति सिद्धान्त बमोजिम कार्यकर्ताको जीवन शैली बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता जिल्ला कमिटि उपाध्यक्ष देवीलाल लामीछानेको स्वागत सचिव रामजी पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।
यस्तैगरि पार्टीकोे पालिका स्तरिय प्रशिक्षण कार्यक्रम भाद्र ६ गते देखि ११ गते सम्म, वडास्तरिय प्रशिक्षण भाद्र १६ देखि २५ गतेसम्म र भाद्र २६ देखि मसान्तसम्म टोल स्तरिय प्रशिक्षण तथा भेला गर्ने पार्टीले जनाएकोछ ।