बीपी गौतम
तिलोत्तमा, साउन १६ । फोटो सहितको मतदाता नामावली संकलन कार्य तिलोत्तमा नगरपालिकामा पनि सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले स्थानीय तहमा पुगेर सोमबारबाट नामावली संकलन गर्न थालेको हो ।
तिलोत्तमा नगरपालिकामा साविकका गाविसका आधारमा नामावली संकलन गर्न थालिएको छ । सोमबार साविक आनन्दवन गाविसमा नामावली संकलन गरिएको छ । वडा कार्यालयमा गरिएको नामावली संकलन कार्य आनन्दवनमा मंगलबार पनि जारी रहने जनाइएको छ ।
यस्तै साविक शंकरनगरमा यहीँ साउन १८ र १९, मक्रहरमा २० र २१, गंगोलियामा २२ र २३, मधवलियामा २४ र २५ तथा करहियामा ३६ र २७ गते मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । यस्तै छुटहरुको नामावली संकलन ३०, ३१ र ३२ गते करहियामा हुने जनाइएको छ । तिलोत्तमामा स्थानीय तह निर्वाचनमा झण्डै ६० हजार मतदाता थिए ।
विदेशमा रहेका कारण यसअघि मतदाता नामावलीमा नाम समावेश नगराएका, उमेर पुगेका, विविध कारणले छुटेकाहरुले यसपटक आफ्नो नाम लेखाउन सक्नेछन् । रुपन्देहीमा साउन १ गते देखी १५ गते सम्म जिल्ला सदरमुकाममा रहेको निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन भएकोमा कार्यालय पुगेर झण्डै सात हजारले नाम अद्यावधिक गराएको कार्यालयले जनाएको छ ।
तिलोत्तमामा पनि सुरु भयो मतदाता नामावली संकलन कहिले कहा ?
