कपिलवस्तु, । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको अगुवाइमा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको नेतृत्वको टोलीले तौलिहवा बजारमा छडके अनुगमन गरेको छ । अनुगमनका क्रममा भिक्षुचोकमा रहेको १ वरफ उद्योग २ किराना पसल २ होटल र दुई फलफुल पसलमा म्याद सकिएका खाद्य वस्तु भेटिएको हो । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूची टाँस नगरिएको, नगरपालिका तथा सम्बन्धित अन्य निकायमा दर्ता नभएको, केही पसलहरुमा अत्याधिक फोहोरो भएको र सडेका फलफुल राखिएको फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
सहायक प्रजिअ अर्यालले अब गल्ती नदोहो¥याउन सुझाव दिएको र अब छिट्टै सम्बन्धित निकायमा व्यवसाय दर्ता गर्न निर्देशन दिएको जानकारी गराए । साथै हरेक पसलले अनिवार्य रुपमा मूल्य सूची देखिने गरी टाँस गर्न सुझाव दिएको उनले जनाए । होटल अनुगमन गर्दा खानेकुरा खुल्ला राखेको, सरसफाईमा लापरबाही गरेको पाइएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्ने पसल व्यवसायीलाई सम्झाएकोे बताए । चाडपर्वका वेलामा मात्र नभई अब नियमित वजार अनुगमलाई तिव्रता दिने बताए ।
पहिलो पटक गल्ती भेटाए पनि हामीले सचेत मात्र गराउने काम ग¥यौं । फेरि पनि अनुगमन गर्दा त्यस प्रकारको गल्ती भेटिएमा कानुनअनुसार कारबाही हुने उनले भने । बजारमा गुणस्तरहीन खाद्यपदार्थ बिक्रीवितरणले उपभोक्ताले हैरानी खेप्नुपरेको जनगुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनमा तिब्रता दिएको हो । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुनाराम पौडेल, घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख मनोज शैनी नेपाल प्रत्रकार महासंघ कपिलवस्तु साखा अध्यक्ष डिलाराम भुषाल लगायत अन्य सञ्चारकर्मी हरुको सहभागिता रहेको थियो ।