मुस्लिम समुदायको लागि शव व्यवस्थान गर्न जग्गा व्यवस्थापन गछौंः पौडेल

मेचीकाली संवाददाता

१५ कार्तिक २०७९, मंगलवार
191 shares

बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुस्लिम समुदायका लागि शव व्यवस्थापनको लागि आवश्यक जग्गाको प्रवन्ध गर्ने बताएका छन् ।

रूपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले मुस्लिम समुदायले मृत्युपछिको शव दाहस्कार गर्ने उपयुक्त ठाउँमा जग्गाको व्यवस्थापन आफू गर्ने प्रतिबद्धता समेत जनाए । बुटवलमा बृहत मुस्लिम भेलामा बोल्दै पौडेलले आफ्नो धर्म र संस्कृति अनुसार नैं शवको व्यवस्थापन गर्न पाउनु हरेक समुदायको अधिकार रहेकोमा जोड दिए । जिल्लामा विभिन्न जातजाति, भाषा, धर्म, सम्प्रदायको केन्द्र भएको बताए ।

पौडेलले सबै समुदायको संरक्षण र विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । रुपन्देहीको विकासमा मुस्लिम समुदायको योगदान उल्लेख्य रहेको समेत औलाए । भेलाका अध्यक्ष रुहुल अमिनले बुझाएको ज्ञापनपत्र बुझ्दै पौडेलले जायज मागहरुलाई पूरा गर्न आफू सधैं प्रतिबद्ध रहेको बताए ।

धर्म, संस्कृतिमा कसैले पनि राजनीति गर्न नहुने भन्दै पौडेलले नेपाल सबै नेपालीको साझा फूलबारी रहेको बताए ।